प्यूठान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्यूठान जिल्लाका नौ वटा स्थानियतहमा एक लाख ५९ हजार ३४६ जना मतदाता रहेका छन । कुल मतदाता मध्ये महिला ८२ हजार १८ जना र पुरुष ७७ हजार ३२७ र अन्य १ जना रहेका छन् ।
प्यूठानमा कुल मतदान स्थल १ सय ५१ रहेको छ भने मतदान केन्द्र संख्या २ सय २० रहेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ । जिल्लामा सबैभन्दा बढी प्यूठान नगरपालिकामा २९ हजार ८ सय ८६ मतदाता रहेका छन् भने सबैभन्दा कम माण्डवी गाउँपालिकामा १० हजार ३ सय ७२ जना मात्र मतदाता रहेका छन् ।
कुन स्थानिय तहमा कति मतदाता हेर्नुहोस
Advertisement