• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार ३१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

प्रशासकिय भवन बन्यो, प्रयोग भएन

‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

लोकप्रिय समाचार

  • १. प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

  • २. अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

  • ३. प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

  • ४. सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

  • ५. उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

  • ६. गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

  • ७. गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

  • ८. दाङमा पेस्तोलसहित एक युवक पक्राउ

  • ९. गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

  • १०. ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

मोतीपुर–सन्धिखर्क १३२ केभी प्रसारण लाइन सञ्चालनमा


  •   शनिबार, चैत १२, २०७८ मा प्रकाशित
  • अनिल नेपाली, अर्घाखाँची ।कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । यसैगरी, सोही प्रसारण लाइनअन्तर्गत सन्धिखर्क नगरपालिका–६ फुदवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसनको शनिबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सन्धिखर्कमा आयोजित कार्यक्रममा उद्घाटन गर्नुभएको हो । प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत आपूर्ति गरिएको छ। यसबाट कपिलवस्तु, अर्घार्खाची, पाल्पा, गुल्मी, प्यूठान जिल्लाको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ । विद्युतको प्राविधिक चुहावट पनि कम हुने छ ।अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत अर्घार्खाची, पाल्पा, गुल्मीमा विद्युत आपूर्ति हुँदै आएको थियो । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प वत्ति जाने र भोल्टेजको समस्या थियो । साथै प्राविधिक चुहावट पनि थियो ।उद्घाटन कार्यक्रममा मन्त्री भुसालले अर्घाखाँचीमा निर्माण भएको पहिलो १३२ केभीको उच्च भोल्टेजको प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएकोले यस क्षेत्रमा विद्युत आपूर्ति गुणस्तरीय तथा भरपर्दो हुने र समग्र विकासका लागि मेरुदण्ड तयार भएको बताउनुभयो । यस भेगका उपभोक्ताले झ्याप्प झ्याप्प वत्ति गएको भन्दै गुनासो गर्ने गरेको उल्लेख गर्दै भुसालले अब त्यस्तो समस्या समाधान भएकोले वत्ति बाल्न मात्रै नभएर खाना पकाउन पनि विद्युत प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग पर्याप्त मात्रामा रहेको पानीलाई विद्युत र सिंचाइमा रुपान्तरण गरी विद्युत उत्पादन गरौं, कृषि गरौं आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अगाडि बढौं।’ अमेरिकी डलर बिक्री गरी भारतीय रुपैयाँ खरिद गरेर आयात गरिएको खाना पकाउने ग्याँसलाई विद्युतको प्रयोगमार्फत विस्थापित गर्न उहाको आग्रह छ।
    विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीकरणका लागि बजेट अभाव नभएको उल्लेख गर्दै दुई वर्षभित्र सबैको घरमा विद्युत पुर्याउन विद्युतीकरणलाई ‘लास्ट माइल’को रुपमा अगाडि बढाइएको बताउनुभयो ।कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद रामजी प्रसाद घिमिरे,शीतगंगा नगरपालिकाका मेयर सूर्य प्रसाद अधिकारी, सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विकललगायतले प्रसारण लाइन र सबस्टेसनको सञ्चालनपछि यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने विश्वास व्यक्त गर्नुभयो । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ स्थिति १३२ केभीको मोतीपुर सबस्टेसनबाट सुरु भई अर्घाखाँचीको शीतगंगा नगरपालिका हुँदै ३८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन सन्धिखर्क सबस्टेसनमा ल्याइएको छ । प्रसारण लाइनमा १०६ वटा टावर निर्माण गरिएको छ । बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सन्धिखर्क सबस्टेसनको निर्माण गरिएको हो । मोतीपुर सबस्टेसनको गत ३ चैतमा उद्घाटन गरिएको थियो ।मोतीपुर –सन्धीखर्क प्रसारण लाइनको निर्माणका लागि २०७४को चैतमा सिग्मा कोन जेडएस स्टील जेभीसँग ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको अनुमानित लागत करिब ७० करोड रुपैयाँ रहेको छ ।सन्धिखर्कमा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी, १६ एमभिए क्षमताको पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनबाट चार वटा ३३ केभीका फिडर निकाली अर्घा, हंशपुर र ठाडा सबस्टेसन र तीन वटा ११ केभीका फिडरबाट विद्युत वितरण गरिएको छ । विगतमा प्यूठानको झिम्रुक र गुल्मीदेखि लामो दुरीको ३३ केभीबाट विद्युत आपूर्ति हुँदा लाइन ओभरलोड हुने समस्या हुँदै आएकोमा अब त्यस्तो समस्या समाधान भएको प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताउनुभयो । उहाँले प्रसारण लाइन र सबस्टेसनको निर्माणपछि प्राविधिक चुहावटमा कमी आउने र प्राधिकरणको वित्तीय स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने बताउनुभयो । सन्धिखर्क सबस्टेसन निर्माणका लागि २०७५ को जेठमा पावरटेक वाइबा जेभीसँग ठेक्का सम्झौता भएको थियो । सबस्टेसनको अनुमानित लागत करिब ३७ करोड रुपैयाँ रहेको छ ।
    कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विद्युत आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन  आयोजनाको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन् ।

    Advertisement

    शनिबार, चैत १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 
    लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास
    प्रशासकिय भवन बन्यो, प्रयोग भएन
    तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल
    झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा
    लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

    लोकप्रिय

    • १.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • २.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ३.
      प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

    • ४.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    • ५.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित

    • ६.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित

    भर्खरै

    • १.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    • २.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ३.
      लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

    • ४.
      प्रशासकिय भवन बन्यो, प्रयोग भएन

    • ५.
      ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

    • ६.
      वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

    • ७.
      तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

    • ८.
      झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...