कामनाडेली, बाँके। दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित बाँकेबाट २ थान छाला सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
आईतबार बिहान करिब ११ बजे नेपालगंज उप-महानगरपालिका वड़ा नं.१२ कोरियनपुरबाट प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा डोल्पा त्रिपुरासुन्दरी न.पा. वडा नं. ३ बस्ने २३ वर्षिय विकेश वोहरा,३६ वर्षिय हर्क बहादुर वि.क., २२ वर्षिय राम कृष्ण शाही र डोल्पा ठुलोभेरी नगरपालिका वडा नं. १ बस्ने २५ वर्षिय सुकराम वि.क. रहेका छन् ।
कोरियनपुर स्थित अन्जना होटल एण्ड लजमा रेडपाण्डाको छालाको कारोबार भैरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जाँच गर्ने क्रमा प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
लजको कोठा नंवर १०५ मा रहेको खाट मुनी प्लाष्टिकको वोरा भित्र लुकाई राखिएको अबस्थामा रेडपाण्डाको छाला बरामद भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीकाअनुसार यश सम्वन्धमा आवास्यक अनुसन्धान भईरहेको छ ।