प्युठान। ने.क.पा.(माओवादी केन्द्र) लुम्बिनी प्रदेश संगठन कमिटिको सचिवमा कृष्ण अधिकारी(प्रकाश) र प्युठान जिल्ला संयोजकमा पित बहादुर एम.सि. निर्वाचित भएका छन् ।
शुक्रबार र शनिवार चलेको लुम्बिनी प्रदेशको पहिलो पूर्ण बैठकले प्रदेश सचिवमा प्रकाश र जिल्ला संयोजकमा एम.सी.लाई मनोनित गरेको हो । प्युठान जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रकाश र एम.सी. लामो समयदेखि राजनीति र समाजसेवामा सक्रीय छन् । यस अघि प्रकाश पार्टीको प्रदेश कमिटि सदस्य तथा जिल्ला संयोजक थिए भने एम.सी. प्रदेश कमिटि सदस्यको जिम्मेवारीमा थिए ।
Advertisement