काठमाडौं । अधिवेशन सकिएको लामो समयपछि नेकपा (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश समितिले पदाधिकारी पाएको छ । प्रदेश समितिको पहिलो बैठकले पदाधिकारी चयन गरेको हो ।
यसअघि नै अध्यक्षमा गुल्मीका सुदर्शन बराल चुनिएका थिए। समितिको उपाध्यक्षमा दुर्गा थारु,लुमाकान्त न्यौपाने र बहादुर खत्री चयन भएका छन् भने सचिवमा कृष्ण अधिकारी,सहसचिवमा अकलवहादुर बम,पार्वती विक,काशिराम यादव र कोषाध्यक्षमा निर्दोष वल्ी चयन भएको छन् ।
बैठकले कार्यालय सचिवमा रामानन्द यादवलाई जिम्मेवारी दिएको छ ।माओबादीले गत मंसिर २५ र २६ गते दाङको भालुबाङमा अधिवेशन सम्पन्न गरेको थियो । अधिबेसनले पदाधिकारी टुङ्गो लगाउन सकेको थिएन।
Advertisement