सुरज भट्टराई, रुपन्देहि। रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं ५ को नवनिर्मित वडा कार्यालय भवन सोमबार उद्घाटन गरिएको छ ।
प्रतिनिधि सभा सदस्य एवं पूर्व कृषि मन्त्री छविलाल विश्वकर्माले आज उक्त भवनको उद्धाटन गर्दै यहि वडामा आधारभूत अस्पताल र सडक पुर्वधारको काम अघि बढीरहेको बताए। उनले आँखा अस्पतालको काम सपन्न भएको बताउदै छिटो सञ्चालनमा ल्याउन आग्रह गरे। साथै कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले ५ नं वडा देवदहको केन्द्र बिन्दुको रुपमा रहेको बताए ।
देवदह भएर बगेको रोहिणी नदिलाई पर्यटकिय नदिको रुपमा विकास गर्नको लागि संघिय , प्रदेश र स्थानिय सरकार अघि बढेको उनले जानकारी दिए।
कार्यक्रममा देवदह नगरपालिकाको उप-प्रमुख विद्या लक्ष्मी गुरुङ ,देवदह नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृत डिल्लीराज बेलबासेले आफुहरु देवदह नगरपालिकाको समृद्धिमा केन्द्रीत रहेको बताए ।कार्यक्रममा वडाको विकासमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने टोल विकास संस्था, आमा समूह, विद्यालय स्वास्थ्यकर्मि, स्वयंसेवक, पत्रकार तथा संघ संस्थालाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो।