प्युठान । प्युठानकाे एकीकृत समाजवादीको सरुमारानी पालिका कमिटी एमालेमा समाहित भएकाे छ ।
नेकपा एकीकृत समाजवादी प्युठानका जिल्ला उपाध्यक्ष मोहम्मद हलिम हलुवाईको नेतृत्वमा १५३ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रबेश गरेका हुन्।
यो संगै हलुवाईको नेतृत्वमा सिङ्गो पालिका कमिटी नै एमालेमा समाहित भएको छ । हलुवाईसंगै पार्टीका जिल्ला सदस्य भानुभक्त भुसाल, युवा बिद्यार्थीका नेताहरु एमालेमा प्रबेश गरेको नेकपा एमाले सरुमारानी गाउँपालिका कमिटी अध्यक्ष वसन्त जिसिले जानकारी दिए ।
उनीहरूलाई एमाले पाेलिटब्युराे सदस्य सूर्य थापा, केन्द्रीय सदस्य हरि रिजाल,प्रदेश सदस्य धनबहादुर रायमाझी, जिल्ला अध्यक्ष बिजय विराज विष्टले एमालेमा प्रवेश गराएका थिए ।
Advertisement