काठमाडौँ । भक्तपुरको ऐतिहासिक रानीपोखरी मंगलबारबाट नागरिकका लागि खुला गरिएको छ।
Advertisement
भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरेपछि नागरिकका लागि खुला गरिएको हो। यो रानीपोखरी नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भएको मानिन्छ। तत्कालिन राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको अहिले भक्तपुर नगरपालिकाले पनर्र्निर्माण गरेको हो।
रानीपोखरीको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले ऐतिहासिक कला संस्कृति संरक्षण गर्नु अहिलेका पुस्ताको दायित्व भएको बताए। उनले सरकारी लापर्बाहीको कारण सार्वजनिक र सांस्कृतिक सम्पदा नाश हुँदै गएकोमा चिन्ता व्यक्त गरे।