बागलुङ । गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले हाम्रा ऐतिहाँसिक सम्पदा र धार्मिक स्थलहरुको संरक्षण सम्वर्दन गर्नु हामी सबैको दायित्व भएको बताउनु भएको छ । सिद्वेश्वर शिवालय सेवा समिती गलकोट नगरपालिका ७ मल्म नाँच्ने डाँडाको छैठौं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै वडा अध्यक्ष थापाले यस्तो बताउनु भएको हो । गलकोटकै ऐतिहाँसिक एवं महत्वपुर्ण धार्मिक स्थल सिद्वेश्वर मन्दिर परिसरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आफुहरु सकृय रहेको उहाँको भनाई छ । झण्डै २ सय वर्ष पुरानो ईतिहाँस बोकेको उक्त मन्दिरको जिर्णोद्वार गर्ने अभियान केहि वर्ष पहिले देखि थालनी गरिएको छ । कार्यक्रममा नेकपा एमालेका वडा कमिटी अध्यक्ष होम बहादुर बस्नेत, संस्थाका संस्थापक अध्यक्ष दुर्गा बहादुर थापा, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश, मुलपानी सप्ताहघाट महिला समुहका अध्यक्ष थुम कुमारी थापा, कार्यक्रम संयोजक राज बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो । महाशिवरात्रीको अवसर पारेर आयोजित कार्यक्रममा सहयोगदाता, शिवलिङ्ग मुर्तिदातालाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । आजै गलकोट नगरपालिका ३ हटिया बजार निवासी कौशिला भण्डारी र गलकोट नगरपालिका ७ भल्साङ निवासी कृष्ण बहादुर थापाले मन्दिर परिसरमा निर्माण गर्न लाग्नुभएको चौतारीको बाजागाजा भजन कृतन सहित शिल्यन्नास गरिएको छ । मन्दिर परिसरमा धार्मिक वृक्षहरु वृक्षारोपण गरि हराभरा बनाउने अभियान समेत यस अघि नै शुभारम्भ भएको छ । साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन सचिव चिरञ्जीवी मरासिनी र वार्षिक प्रगति प्रतिवेदन सहसचिव टोप बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो । उक्त मन्दिरमा आज दिनभर श्रद्वालु भक्तजनहरुको घुँईचो लागेको छ महाशिवरात्रीमा २ सय बढि महिलाहरुले दिनभर व्रत बसेर शिवको पूजा आरधना गरेका छन ।
धार्मिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व : थापा
धार्मिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व : थापा
Advertisement
तपाईको प्रतिक्रिया