बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । चितुवाको छाला ल्याएर बिक्री वितरण हुँदैछ भन्ने विशेष सूचनाका आधारमा गएको इलाका प्रहरी कोहलपुरको टोलीले बैजनाथ गाउँपालिका ५ गायत्री टोलीबाट एक थान चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
Advertisement
जिल्ला प्रहरी बाँकेका अनुसार चितुवाको छालसहित पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका-५ का २८ वर्षीय याम बहादुर विश्वकर्मा, मधुवन नगरपालिका ४ बर्दियाका ३० वर्षीय आकाश परियार र सोही नगरपालिका ९ का ५४ वर्षीय लाल बहादुर विश्वकर्मा रहेका छन् । आइतबार साँझ पक्राउ परेका उनीहरुलाई हिरासतमा लिएर बन्यजन्तु ऐन अन्तर्गत् थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।