जनकराज भट्टराई, तानसेन। नेकपा एकीकृत समाजबादी निकट पेशागत महासंघ नेपाल पाल्पाको अध्यक्षमा मीन प्रसाद बन्जाडे चयन भएका छन । समितिको उपाध्यक्षमा महेश्वर पन्त ,महिला उपाध्यक्षमा रश्मी श्रेष्ठ र सचिवमा खिमराज घिमिरे छन। भने कोषाध्यक्षमा राम प्रसाद भट्टराई चुनिएका छन। त्यस्तै, सुजन कार्की ,आरबी रायमाझी , सुभास अधिकारी ,भवानीशंकर पाण्डेय् तथा आवद्ध घटकका अध्यक्षहरू पदेन सदस्य रहनु भएको छ । कार्यक्रममा प्रमुख अतिथि एकीकृत समाजबादीका केन्द्रिय सदस्य यादब बहादुर रायमाझी, नेपाल किसान महासङ्घका रासस जगन्नाथ नेपाल , नेपाल खेलकुद महासङ्घका सचिवालय सदस्य बसन्त जी आर, युवा संघ केन्द्रिय सदस्य पदम गैरे र PNNTA केन्द्रिय सचिव अच्युतराज नेपालले मन्तव्य राखेका थिए ।
यसै गरी सोहि स्थानमा सम्पन्न जिल्लाका शिक्षकहरुको भेलाले झलक रायमाझी संयोजक रहेको ३१ सदस्यीय प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।
पेशागत महासंघ नेपाल पाल्पाको अध्यक्षमा बन्जाडे
पेशागत महासंघ नेपाल पाल्पाको अध्यक्षमा बन्जाडे
Advertisement
तपाईको प्रतिक्रिया