अनिल नेपाली, अर्घाखाँची । एमसीसी सम्झौता विरुद्ध ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आज घेराउ गरेका छन । सरकारले एमसीसी संसदमा टेबल गर्न लागेपछि यसको खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ र कोणसभा सम्पन्न गरिएको हो । घेराउपछि आयोजीत कोणसभालाई सम्बोधन गर्दै नेताहरुले एमसीसी संसदमा छिर्नै दिन नहुने भन्दै त्यसका लागि तत्काल जनताका विचमा खारेजीको अभियान चलाउन माग गरेका छन् । कोणसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले एमसीसी राष्ट्रघाती सम्झौता भएकोले यसका विरुदमा क्रान्तिकारी जनताले सघर्ष गनुपर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट जिल्ला सदस्य नविन खडकाले एमसीसीको पक्षमा हस्ताक्षर गर्ने सासदलाई जिल्लामा बहिष्कार गर्नुपर्ने बताए । कार्यक्रमको राष्ट्रिय जनमोर्चाका जिल्ला सचिब बाबुराम पन्थी सुनारले सञ्चालन गरेका थिए अर्घाखाँचीमा मोर्चा अन्तर्गत नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (माले), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, राष्ट्रिय जनमोर्चा र देजमोको सहभागिता रहेको छ ।रूपन्देहीमा ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै तत्काल खारेजीका लागी लगातार सङ्घर्ष गर्दै आएको छ
एमसीसी विरुद्ध जिल्ला प्रशासन अर्घाखाँचीको कार्यालय घेराउ
एमसीसी विरुद्ध जिल्ला प्रशासन अर्घाखाँचीको कार्यालय घेराउ
Advertisement
तपाईको प्रतिक्रिया