जनक पन्थ,गुल्मी। राष्ट्रिय युवा संघ नेपाल छत्रकोट-३ , हर्दिनेटाको वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले वैकुण्ठ कण्डेलको अध्यक्षतामा ४१ सदस्सीय कमिटी गठन गरेको छ।
जसको उपाध्यक्षमा बिस्नु सिंजाली र दधिराम काफ्ले , सचिव मा ज्ञानेन्द्र पन्थ ,त्यसै गरी उपसचिवमा प्रेम पन्थ र तुल्सा अर्याल र कोषाध्यक्षमा सन्तोष पन्थ चयन भएका छन्।
३ नं वडा कमिटी अध्यक्ष बावुराम अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीमा प्रदेश कमिटी सचिवालय सदस्य तथा छत्रकोट गाँउपालिका अध्यक्ष मधुकृष्ण पन्त, विशेष अतिथी प्रदेश कमिटी विभागीय सदस्य नरपति काफ्ले, जिल्ला कमिटी सदस्य गंगा पन्थ , पालिका कमिटी अध्यक्ष पिताम्बर अर्याल , राष्ट्रिय युवा संघ नेपाल पालिका कमिटी अध्यक्ष जिवन पन्थ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।
Advertisement