बुटवल । वर्षादको समयमा बाढीले क्षति पुगेको रुपन्देहीको देवदह खानेपानी आयोजनाको मुहानको शुक्रबार स्थलगत निरीक्षण गरिएको छ । बाढीले क्षतविक्षत पुर्याएको मुहानको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीसहितको टोलीले निरीक्षण गरेको हो । प्रदेश सरकारका मन्त्री चौधरीसहितको टोली सो स्थानमा पुगेर मुहान तत्काल मर्मतका लागि वजेटको प्रबन्ध गर्ने बताएपछि स्थानीयलाई राहत मिलेको छ ।
Advertisement
देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, उपभोक्ता समितिका पदाधिकारीहरु, राजनीतिक दलका कार्यकर्ताहरुका साथै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका डिभिजन प्रमुख गुणनिधि पोख्रेल समेतको टोली निरीक्षणमा पुगेको थियो ।