राजेन्द्र रावत क्षेत्री , प्यूठान । एमसिसीको विरुद्व प्यूठानमा विरोध सभा भएको छ।
बुधबार संयुक्त संघर्ष समितिको आव्हानमा खलगांमा बिरोध सभा गरिएको हो।नेपाल कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा, नेकपा मालेले सयुंक्त रूपमा सभा गरेका छन्।
संयुक्त विराेध कार्यक्रममा बाेल्ने वक्ताहरुले राष्ट्रघाती सम्झौता एमसिसि संसदबाट अनुमाेदन भए नेपाली जनता र सिंगाे देशकाे लागी गंभीर राष्ट्रघात हुने बताएका छन् ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्यूठानका इन्चार्ज दल बहादुर के. सी. (जागृती ) ले राष्ट्रघाती सम्झौता संसदबाट पास गराउन दलालहरु कम्मर कसेर लागेकाे बताएका छन्। उनले एमसिसि संझौता पास गर्ने सबैलाई छानी छानी तह लगाउने चेतावनी समेत दिए । त्यसैगरी नेकपा क्रान्तिकारी माअाेवादीका पाेलिट व्यूराे सदस्य धनेश्वर पाेख्रेलले देश बचाउन सबै नेपाली नागरिकहरु राष्ट्रिय स्वाधीनताकाे लडाइँमा जुट्नुपर्ने बताए । राष्ट्रियताकाे सवालमा हरेक नेपाली नागरिकहरु दलगत मानसिकताबाट माथि उठ्नुपर्ने नेता पाेख्रेलले बताए ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय जनमाेर्चा प्यूठानका अध्यक्ष कृष्णबहादुर खड्का र नेकपा माले प्युठानका सचिव तिलबिक्रम के.सी. ले पनि वर्तमान सरकार राष्ट्रिय हित विपरित एमसिसि पास गर्न लागेको बताए। उनिहरुले अब राष्ट्रिय मुक्तियुद्धको घाेषणा गरेर राष्ट्रघातीहरुलाई देश निकाला गर्नुपर्ने समय अाएकाे बताए ।
प्यूठानको बिरोधसभामा बक्ताहरुले भने,’एमसिसी सम्झौता राष्ट्रघात हो’
प्यूठानको बिरोधसभामा बक्ताहरुले भने,’एमसिसी सम्झौता राष्ट्रघात हो’
Advertisement
तपाईको प्रतिक्रिया