युवराज अर्याल,स्याङ्जा। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) स्याङ्ग्जाले संगठन निर्माणलाई तिव्र पारेको छ । जिल्लाका गाउँ तथा नगरपालिका गठन पछी तल्लो तह वडा तथा टोलमा संगठन बिस्तार गरेको नेकपा एसले यही ०७८ माघ २१ गते स्याङ्जा जिल्ला सदरमुकाम स्थित पुतलीबजारनगरपालिका वार्ड नं १ र २२ गते गल्याङ्ग नगरपालिका ११ मा उल्लेख्य जनसहभागिताबाट नेकपा (एकीकृत समाजबादी) को वार्ड कमिटी गठन भएको छ । पुतलीबजार १ को अध्यक्षमा अर्जुन पौडेल, उपाध्यक्ष मायाघले गुरुङ, प्रेम खाती, सचिव रफिक मियां र उपसचिवद्वय आरती बिक, रामु पोख्रेल रहेको ४५ सदस्यीय कमिटी निर्माण सम्पन्न भएको जिल्ला उपसचिव एवं पुतलीबजार नगर कमिटी अध्यक्ष श्री गुरुङले जानकारी दिनुभयो ।
त्यसैगरी गल्याङ्ग नगरपालिका वडा नम्बर ११ मा पनि वार्ड कमिटी गठन गरिएको जनाइएको छ । गल्याङ्ग न. पा. ११ मा शिबलाल अर्यालको अध्यक्षतामा उपाध्यक्ष द्वय कृष्ण प्रसाद खनाल र एकनारायण अर्याल, सचिव प्रकाश अर्याल, उपसचिव भावना भट्टराई, कल्याण कण्डेल सहितको ४१ सदस्यीय वार्ड कमिटी गठन गरिएको जिल्ला सचिव टिकाराम नेपालीले जानकारी दिनुभयो ।
नेकपा एस स्याङ्ग्जा जिल्ला इन्चार्ज प्रेम नारायण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रिय परिषद सदस्यहरु लोकराज शर्मा र गुमान सिंह थापा बिशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो साथै केन्द्रिय अनुशासन आयोग सदस्य खड्क नेपालीको पनि बिशेष उपस्थिति थियो ।
जिल्ला कमिटी अध्यक्ष राम चन्द्र भट्टराई, उपाध्यक्ष बिष्णु गिरी, सचिव टिकाराम नेपाली, पूर्व सांसद महेन्द्र थापामगर, जिल्ला सदस्य साहिरा बानु, मोहन आचार्य, नेत्र बहादुर थापा, र डोलराज गौतमले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
पुतलीबजार र गल्याङ्गमा एकीकृत समाजवादीको वडा कमिटी गठन ।
पुतलीबजार र गल्याङ्गमा एकीकृत समाजवादीको वडा कमिटी गठन ।
Advertisement
तपाईको प्रतिक्रिया