कपिलवस्तु । कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोही क्षेत्रबाट निर्वाचित सांसद अभिशेख प्रताप शाहको पहलमा उनी कांग्रेस प्रवेश गरेका हुन् । २०७४ असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार बनेर कृष्णनगरको मेयर निर्वाचित भएका थिए । कृष्णनगरमा लोकप्रिय रहेका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा महत्वका साथ हेरिएको छ।
Advertisement
शनिबार लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सासंद अभिषेक प्रताप शाह, जिल्ला सभापति अब्दुल कलाम खाँ ले नगरप्रमख शाहलाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । नेपाली कांग्रेस कपिलवस्तुले शाहसहित एक हजारभन्दा बढी कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरेको दावी गरेको छ ।