प्युठान — मौसम बदली भएपछि प्युठानका अधिकांश ठाउँमा बिहीबारबाट हिमपात भएको छ । नौबहिनी, गौमुखी गाउँपालिका र प्युठान नगर पालिकाका उच्च भू–भागहरूमा हिमपात भएको हो ।
यसपालि पटकपटकको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको स्थानियले बताएका हुन। हिमपातले गाईबस्तुहरूलाई पनि समस्या भएको छ । वर्षा र हिमपातसँगै चिसोले बाहिर निस्कन समस्या भएको छ । लगातारको वर्षा र हिमपातले जिल्लाभरी नै चिसो बढेको छ । उपल्लो प्युठानका जुम्रीकाँडा, लिस्ने, कोठीभीर, अर्खा,पुजा लगायतका धेरै ठाउँमा हिमपात भइरहेको स्थानीयले बताएका छन् । स्थानियका अनुसार हिमपातले अन्नवाली र तरकारिबालिमा नोक्सानी पुर्याएको छ। हिमपातका तस्वीरहरु 




Advertisement