• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

प्यूठानमा राष्ट्रिय सभा निर्वाचनको लागि उमेदवारसँग गठबन्धनको छलफल


  •   बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
  • अनुज पछाई, प्यूठान । प्यूठानमा राष्ट्रिय सभा निर्वाचनको लागि उमेदवारसँग सत्तारूढ गठबन्धनले छलफल गरेको छ । राष्ट्रिय सभा सदस्यका लागि आउँदो माघ १२ गते हुने निर्वाचनको प्रचारप्रसारका लागि प्यूठान आएका उमेदवारसँग सत्तारूढ गठबन्धनले छलफल गरेको हो ।
    राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनको तर्फबाट उमेदवार बनेका काङ्ग्रेसका नेता युबराज शर्मा, नेकपा एकीकृत समाजवादीकी नेतृ राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका नेता तुलप्रसाद विश्वकर्मासँग प्यूठानस्थित पाँच दलीय गठबन्धनका नेताहरुले छलफल गरेका हुन्। अहिले राष्ट्रिय सभाको निर्वाचनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको पाँच दलीय गठबन्धन रहेको छ । दलीय गठबन्धनको बिरुद्धमा नेकपा एमाले एक्लो छ ।
    प्यूठान नगरपालिकाको सभाहलमा भएको छलफलमा नेपाली काङ्ग्रेस जिल्ला सभापति बिष्णु गीरी , नेकपा माओवादी केन्द्र प्यूठानका अध्यक्ष कृष्ण अधिकारी प्रकाश, नेकपा एकीकृत समाजवादी प्यूठानका अध्यक्ष भोजबिक्रम बुढा , राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कृष्ण बहादुर खडका लगायतका नेता तथा कार्यकर्ताहरुले राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशका उमेदवारसँग छलफल गरेका हुन् ।
    छलफलको क्रममा राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशको दलित तर्फबाट उमेदवार बनेका तुलप्रसाद विश्वकर्माले दलीय गठबन्धनको उमेदवार भएकोले आफूले चुनाव जित्ने पक्का रहेको बताए । विश्वकर्मा बिद्यार्थी जिबनदेखि राजनितीमा सक्रिय छन् । उनी राष्ट्रिय जनमोर्चा पार्टीका नेता हुन् ।
    त्यस्तै राष्ट्रिय सभामा लुम्बिनी प्रदेशको तर्फबाट महिला उमेदवार बनेकी राजेन्द्रलक्ष्मी गैरेले महिला मात्र नभई सबै राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुको बारेमा डटेर लडेको कारण आफूले बहुमतले राष्ट्रिय सभाको निर्वाचन जित्ने दाबी गरिन् । आफ्नै पार्टीका अध्यक्षले संविधान मिचेर देशमाथि बारम्बार गरेको प्रहारको बिरोध गर्दा अहिले अलग पार्टीमा हुनुपरेको बताइन् । केपी ओली बिरुद्ध डटेर लड्दा दलीय गठबन्धन सिर्जना भएकोले आफू राष्ट्रिय सभाको निर्वाचनमा उमेदवार बन्न पुगेको भन्दै नेकपा एमाले जस्तो प्रतिगमनकारी पार्टी बिरुद्ध लडेर छाड्ने गैरेले बताइन् । उनी नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ हुन् ।
    साथै राष्ट्रिय सभाको निर्वाचनमा लुम्बिनी प्रदेशबाट खुल्ला तर्फका उमेदवार युवराज शर्माले आफू वि.सं. २०२५ देखि नेपाली काङ्ग्रेससँग आबद्ध भई नेपाली राजनितीमा क्रियाशील रहेकोले आफूलाई सबैले विश्वास गरेर जिताउने विश्वास रहेको बताए । पाँच दलीय गठबन्धनमा कुनै मतभेद नभई आफूहरू अगाडि बढेकोले राष्ट्रिय सभा निर्वाचनमा दलीय गठबन्धनका सबै उमेदवार विजयी हुने शर्माले बताए । उनी नेपाली काङ्ग्रेसका नेता हुन् ।
    छलफलको क्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले दलीय गठबन्धन एकआपसमाको समझदारीमा चल्नुपर्ने बताए । लुम्बिनी प्रदेशमा दलीय गठबन्धनले राष्ट्रिय सभाको चुनाब जित्ने पक्का भएको उपसभापति श्रेष्ठले बताएका थिए ।
    दुईदुई पटक संसद विघटन गर्ने प्रयास गरेको नेकपा एमालेले अहिले संसद चल्न नदिएको श्रेष्ठले छलफलको क्रममा बताए दलीय गठबन्धन एकताबद्ध भएर आफ्ना उमेदवारहरुलाई बिजयी बनाउन नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश खटिएको उनले जानकारी दिए। नेपाली काङ्ग्रेस प्यूठान, नेकपा माओवादी केन्द्र प्यूठान, नेकपा एकीकृत समाजवादी प्यूठान, राष्ट्रिय जनमोर्चा प्यूठान र जनता समाजवादी प्यूठानका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो तर्फबाट सबै सहयोग हुने भन्दै उमेदवारहरु पाँच दलीय गठबन्धनको साझा उमेदवार भएको बताएका थिए ।

    Advertisement

    बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation