• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

किसानलाई सहुलियतमा धानको बीउ

गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम

गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

राप्तीमा ६२६ जनाको क्षयरोग परीक्षण, १७ मा पुष्टि

बजेटमा स्वर्गद्वारी, नौमुरे र रणनीतिक सडक समेटिए

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनीमा अब्बल

गणतन्त्र दिवसमै जनकपुरधामबाट ‘संघीय गणतान्त्रिक गठबन्धन’को घोषणा

गणतन्त्र दिवसमा प्युठानमा दीप प्रज्वलन र सरसफाइ

लोकप्रिय समाचार

  • १. प्युठानको सर्वोच्च शिर : कोठिभिर

  • २. प्युठानका पुन राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा दोहोरिए

  • ३. इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय : सभामुख घर्ती

  • ४. प्युठानमा नियुक्त र बढुवा भएका शिक्षक सम्मानित

  • ५. गुल्मीको सिमाघाटमा बेमौसमी हिँउदे मकै उत्पादन

  • ६. प्यूठानमा गोराथोकी नेतृत्वमा अनेरास्ववियु (छैठौं) को नयाँ समिति चयन

  • ७. हराउँदै गएका प्युठानका ‘कोट’हरू: सत्ताबाट सम्पदासम्मको यात्रा

  • ८. प्युठानका खोलामा अवैध उत्खनन, जेसिवी र टिपर नियन्त्रणमा

  • ९. मेयर कप कराँते : पाँच स्वर्णसहित सूर्यविनायक च्याम्पियन

  • १०. राप्ती–३ मा क्षयरोग स्क्रिनिङ, दुई जनामा क्षयरोग पुष्टि

४ घण्टा पैदल हिँडेर ४ किलो चामल लिन पनि नागरिकता अनिवार्य


  •   मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल खाद्य संस्थानबाट सहुलियतमा बिक्रीवितरण हुँदै आएको चामल लिन हुम्लीहरूले अनिवार्य रूपमा नागरिकताको फोटोकपी पेस गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा हुम्लाका नागरिकले चार किलो चामलका लागि नागरिकताको फोटोकपी बुझाउनुपर्ने नियम बनाइएको हो । समयमै ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट यहाँका बासिन्दाले झन्झट बेहोर्नुपरेको हो ।

    Advertisement

    तीन महिनासम्म चामल बिक्रीवितरण बन्द गरेको खाद्य लिमिटेड शाखा हुम्लाले शुक्रबारबाट पुनः बिक्रीवितरण थालेकोमा चामल मौज्दात कमी भएको भन्दै नागरिकता पेस गर्नुपर्ने उर्दी गरेको हो । चामल भने चार किलो मात्रै दिइनेछ ।

    खाद्य लिमिटेड शाखा हुम्लाको यो नियमले हुम्लाका जनता आक्रोशित भएका छन् । ४/४ घण्टा पैदल हिँडेर आउँदा पनि जम्मा चार किलो चामलका लागि नागरिकता पेस गर्नुपरेको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् ।

    नागरिकताको फोटोकपी पेस नगर्दा चामल नपाइने स्थानीयवासी गणेश बोहराले बताए । उनले भने, ‘यसअघि चामल लिन वडाले दिने रासन कार्ड भए हुन्थ्यो, यसपटक भने नागरिकता नै अनिवार्य गरिएको छ, नागरिकताको फोटोकपी गर्न पनि १० रुपैयाँ लाग्छ। यसले गर्दा सर्वसाधारण थप मारमा परेका छन् ।’

    प्रत्येक महिना पाउनुपर्ने भए पनि समयमै ढुवानी नहुँदा यहाँका नागरिक चामल पाउनबाट वञ्चित भएका छन् । भौगोलिक रूपमा विकट हुम्लामा लिमिटेडले समयमै चामल ढुवानी नगरिदिँदा करिब ६० हजार सर्वसाधारण समस्यामा परेका छन् । कमिसनको खेलले तीन महिना बित्दासमेत चामल ढुवानी हुन नसकेको उनीहरूको आरोप छ ।

    तीन महिनापछि बल्ल चामल वितरण गरेको भए पनि उनीहरूले एक महिनाको मात्रै चामल पाएका छन् । लिमिटेडको हुम्ला शाखामा मौज्दात न्यून भएका कारण चामल बिक्रीवितरण नभएको संस्थानले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

    मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      प्युठानको सर्वोच्च शिर : कोठिभिर

    • २.
      प्युठानका पुन राष्ट्रिय युवा संघको केन्द्रीय

    • ३.
      इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय :

    • ४.
      प्युठानमा नियुक्त र बढुवा भएका शिक्षक सम्मानित

    • ५.
      गुल्मीको सिमाघाटमा बेमौसमी हिँउदे मकै उत्पादन

    • ६.
      प्यूठानमा गोराथोकी नेतृत्वमा अनेरास्ववियु (छैठौं) को नयाँ

    भर्खरै

    • १.
      मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

    • २.
      किसानलाई सहुलियतमा धानको बीउ

    • ३.
      गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम

    • ४.
      गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

    • ५.
      राप्तीमा ६२६ जनाको क्षयरोग परीक्षण, १७ मा पुष्टि

    • ६.
      बजेटमा स्वर्गद्वारी, नौमुरे र रणनीतिक सडक समेटिए

    • ७.
      गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनीमा अब्बल

    • ८.
      गणतन्त्र दिवसमै जनकपुरधामबाट ‘संघीय गणतान्त्रिक गठबन्धन’को घोषणा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation