• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

पत्रकार महासंघको अध्यक्षप्रति प्रश्न उठाउँदै केन्द्रीय सदस्यहरुद्धारा बैठक बहिस्कार


  •   शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित
  • कपिलवस्तु । नेपाल पत्रकार महासंघका १७ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष विपुल पोखरेलको नैतिकतामा प्रश्न उठाउँदै केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् ।

    Advertisement

    केन्द्रीय सदस्यहरु बैठक कक्षबाट बाहिरिएपछि महासंघको केन्द्रीय समिति बैठक औपचारिक रुपमा सुरु हुन सकेको छैन । सहमतिको प्रयासमा अहिले पदाधिकारीहरुको बैठक बसिरहेको छ ।

    कपिलवस्तुको तिलौराकोटमा महासंघको केन्द्रीय समिति बैठक आयोजना गरिएको छ । महासचिव रोशन पुरीले अध्यक्ष पोखरेललाई बैठकको अध्यक्षता गरिदिन आग्रह गर्नासाथ केन्द्रीय सदस्यहरुले मिडिया अवार्ड र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको सिफारिस पत्रमा महासंघ अध्यक्ष पोखरेलको हस्ताक्षरको विषयमा प्रश्न उठाउँदै यी विषय सम्बोधन नभएसम्म बैठक सुरु हुन नसक्ने बताए ।

    उनीहरुले महासंघकी उपाध्यक्ष बाला अधिकारीको उपस्थितिबारे पनि प्रश्न उठाएका छन् ।त्यसपछि केन्द्रीय सदस्यहरु रामकृष्ण अधिकारी, बबिन शर्मा, माधव पौडेल, शान्तराम बिडारी लगायत बैठक कक्षबाट बाहिरिएका छन् ।

    भित्रै रहेकाहरुले पनि बाहिरिएका केन्द्रीय सदस्यहरुको सहभागिता विना बैठक सन्चालन हुन नसक्ने भन्दै पदाधिकारीहरुलाई पहिले सहमति गर्न आग्रह गरेका थिए । त्यसपछि अहिले पदाधिकारीहरुको बैठक जारी छ ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलले मिडिया अवार्डको आयोजक ड्रिम हाइसँग तीन लाख रुपैयाँ लिएर सहकार्य गरेका थिए । सो अवार्ड अधिकांश पत्रकारहरुले बहिस्कार गरेका थिए । अवार्डमा महासंघको संलग्नताबारे प्रश्न उठेपछि महासंघकी सचिव सिर्जना अर्यालले विज्ञप्ति जारी गर्दै संलग्नता नरहेको बताएकी थिइन् ।

    त्यसअघि महासंघ अध्यक्ष पोखरेलले काउन्सिलका अध्यक्ष बस्नेतलाई दिएको सिफारिस पत्रमा २०५५ सालमा केन्द्रीय सभासद पार्षद रहेको र २०६८ सालमा केन्द्रीय समिति सदस्य रहेको उल्लेख गरिएको छ । तर बस्नेतले नेपाल पत्रकार महासंघको सदस्यता भने २०६० साल साउन ९ गते लिएको महासंघको रेकर्डमा देखिन्छ ।

    महासंघकी उपाध्यक्ष बाला अधिकारीले कांग्रेसको राजनीतिमा सक्रिय हुने भन्दै महासंघबाट राजीनामा दिएको घोषणा गरेकी थिइन् । तर उनी महासंघको आजको केन्द्रीय समिति बैठकमा सहभागी भएकी छन् ।

    शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation