बाँके । नेकपा एमाले बाँकेको अध्यक्षमा युवा नेता डिल्ली बिसीलाई चयन गर्न कार्यकर्ताहरुले जिल्ला नेतृत्वलाई दबाब दिन थालेका छन् । एमाले बाँकेको भविष्यका लागि युवानेता बिसीलाई अध्यक्ष बनाउन दबाब दिँदै कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत् नेतृत्वलाई दबाब सिर्जना गरिरहेका छन् ।
अधिवेशनको पूर्वसन्ध्यामा दिनेश केसीले युवानेता बिसीलाई सर्वसम्मत अध्यक्ष बनाउन सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टी नेतृत्वलाई दबाब दिनुभएको छ । ‘नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले बाँकेली जिल्लाका धरोहर, कुशल, क्षमतावान, बौद्धिक एवं आशा र भरोसाका केन्द्रबिन्दु हामी सबैका उर्जा र प्रेरणाका स्रोत राजनीतिक अभिभावक आदरणीय व्यक्तित्व डिल्ली बिसीलाई अध्यक्ष पदमा निर्विरोध रुपमा चयन गर्न अबको युवा नेतृत्व सक्रिय र जुझारु भई आआफ्नो ठाउँबाट सङ्गठित र एकीकृत भएर लाग्नुपर्ने समय आएको छ’, केसीले लेख्नुभएको छ ।
दिनेश त एउटा उदाहरण मात्र हुनुहुन्छ उहाँजस्तै बाँकेका कार्यकर्ताहरुले एमालेको रक्षाका कवच युवा नेता बिसीलाई एमालेको अध्यक्षमा चयन गर्नुपर्ने धारणा राख्ने गरेका छन् । जनताको बहुदलिय जनवादलाई आत्मसात गरेकै कारण नौ वर्ष जन्मभूमि सल्यानबाट बिस्थापित भएका युवा नेता बिसी जनताको बहुदलिय जनवादको रक्षाका लागि बाँकेमा सतीसाल जस्तै उभिएको स्मरण गर्दै कार्यकर्ताहरुले पार्टीको भविष्य उनै नेताको हातमा सुम्पिनुपर्ने कार्यकर्ताहरुले नेतृत्वसँग बारम्बार माग गरिहेका छन् ।
बौद्धिकता र सफल व्यवस्थापकीय क्षमता भएका कारण पार्टीले सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेकै कारण पार्टी समस्यामा रहेको वर्तमान अवस्थामा बिसीलाई पार्टी नेतृत्व सुम्पिनुपर्ने धारणा कार्यकर्ताहरुको रहेको छ ।
कार्यकर्ताका नजरमा युवा नेता विसी
१) एमाले रक्षाका कवच ।
२) जबजको रक्षाका लागि बाँके जिल्लामा सतिसाल जस्तै उभिएको व्यक्ति ।
३) पार्टीबाट कुनै लाभ नलिएको ।
४) घुस, कमिसमा कसैले प्रश्न नउठाएको ।
५) आर्थिक रूपमा पारर्दशी ।
५) जानकी गाउपालिकामा निर्वाचन जिताउने महत्त्वपूर्ण भुमिका
६) अध्ययनशील, मिहिनेती र इमान्दार ।
७) सफल व्यवस्थापकीय क्षमता भएको ।
८) समन्वय गर्नसक्ने ।
कार्यकर्तामा हाबी, बाँके एमाले अध्यक्षमा बिसीको दाबी
कार्यकर्तामा हाबी, बाँके एमाले अध्यक्षमा बिसीको दाबी
Advertisement
तपाईको प्रतिक्रिया