• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, जेठ ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तराईमा उत्पादन हुने तरबुजा गुल्मीको सिमाघाटमा उत्पादन

खानेपानीमन्त्रीले गरे हजयात्रीलाई बिदाइ

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सम्पन्न

सत्ता समीकरणले माओवादीलाई घाटा पुगेको प्रचण्डको स्वीकारोक्ति

प्युठानमा रचना वाचन र पुस्तक विमोचन कार्यक्रम सम्पन्न

प्युठानमा वर्षा र बाढीले क्षती

नेपालगन्जमा मुस्लिम महिलाका लागि नेतृत्व विकास तालिम सुरु

प्यूठान अस्पताल विकास समिति अध्यक्षमा बस्याल नियुक्त

सालकोट बृहत खानेपानी आयोजनाको उद्घाटन

लोकप्रिय समाचार

  • १. सिरबारीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

  • २. बालाजु र नागार्जुनमा मेलम्ची पानी वितरण प्रक्रिया सुरु

  • ३. अनेरास्ववियु प्युठानको दोस्रो भेला, नयाँ समिति चयन

  • ४. राप्तीमा मुख्यमन्त्री र पालिका अध्यक्षबीच सार्वजनिक मंचमै भनाभन

  • ५. “बलेको बत्तीमुनि बसेर ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ” — रिमाल

  • ६. ‘यात्राको तस्बिर’ नियात्रा सङ्ग्रह सार्वजनिक

  • ७. प्युठानमा अलपत्र योजनाप्रति सरोकार समाजको ध्यानाकर्षण

  • ८. लुम्बिनी सरकारद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत

  • ९. परवानीपुरदेखि पटेलनगरसम्म जल निकासी प्रणालीमा सुधार हुन्छ : मन्त्री यादव

  • १०. सुनवलमा हावाहुरीले रुख ढल्दा दुईको मृत्यु, तीन घाइते

नभरेको चिट्ठाको प्रलोभनमा पर्दा !


  •   शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
  • काठमाडौँ – काठमाडौँ नयाँबजारकी २२ वर्षीया युवती कल्पना (नाम परिवर्तन) गत साता सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका लागि अमेरिकाको प्रवेशाज्ञा लिएर उड्ने तयारीमा बसेकी कल्पनाले ‘ह्वाट्स एप’मा चिट्ठा परेको भन्दै आएको म्यासेजको प्रलोभनमा परी अपरिचित व्यक्तिलाई ८० हजार रुपियाँ पठाइन् ।

    Advertisement

    उनले चिट्ठामा परेको लाखौँ रकम पाउने प्रलोभनमा अपरिचित व्यक्तिलाई मोबाइल बैङ्किङको पासवर्डसमेत दिइन् । रकम पाएपछि ती अपरिचित व्यक्ति कल्पनासँग सम्पर्कविहीन बने । चिट्ठाको प्रलोभनमा अपरिचितबाट ठगिएको भन्दै कल्पनाले प्रहरीलाई गुहारिन् र प्रहरीको सक्रियताले उनको बैङ्क खातामा रहेको नौ लाख भने ठगिन पाएन ।

    विद्यावारिधि उपाधि प्राप्त त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्ने सन्तोष (नाम परिवर्तित)समेत यसरी ठगिएका छन् । यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निर्देशक केदार (नाम परिवर्तन)ले पनि झुटो सन्देशकै भरमा नचिनेका व्यक्तिलाई बैङ्कबाट एक लाख रुपियाँ पठाए ।

    यी प्रतिनिधि घटनाका पीडित आफूले नभरेको चिठा पाउने प्रलोभनमा ठगिएका हुन् । प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोले उनीहरूको उजुरीका आधारमा अनुसन्धान गरिरहेको छ ।

    फेसबुक, भाइबर, इमो, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालको दुरुपयोगबाट गत वर्ष तीन हजार नौ सयभन्दा बढी पीडित भएका छन् । साइबर ब्युरोका प्रमुख (प्रहरी नायब महानिरीक्षक)रामकृपाल साहले ठगिनेमा सामान्य व्यक्तिका साथै शिक्षितसमेत रहेको भन्दै यो क्रम बढेको जानकारी दिनुभयो ।

    साइबर अपराधका घटना पछिल्लो समय एकदमै बढेको तथ्याङ्कले देखाएको छ । ब्युरोका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ३५७ जना पीडित, आव ०७६/७७ मा दुई हजार ३०१ र ०७७/७८ मा तीन हजार ९०६ पीडितले उजुरी गरेका थिए ।

    ब्युरोका उपनिर्देशक वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले अपरिचित व्यक्तिको प्रभाव र प्रलोभनका कारण साइबर अपराधका घटना दैनिक बढेको बताउनुभयो । ब्युरोले सातै प्रदेशअन्तर्गतका प्रहरी कार्यालयबाट अपराध न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दैआएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताको हेलचेक्र्याइँ र प्रलोभनका कारण अपराधका घटना दैनिक बढ्दै गएका छन् । यो समाचार गोरखापत्र दैनिकबाट

    शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      सिरबारीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

    • २.
      बालाजु र नागार्जुनमा मेलम्ची पानी वितरण प्रक्रिया

    • ३.
      राप्तीमा मुख्यमन्त्री र पालिका अध्यक्षबीच सार्वजनिक मंचमै

    • ४.
      अनेरास्ववियु प्युठानको दोस्रो भेला, नयाँ समिति चयन

    • ५.
      “बलेको बत्तीमुनि बसेर ‘बिजुली गयो’ भन्ने न्यारेटिभ

    • ६.
      ‘यात्राको तस्बिर’ नियात्रा सङ्ग्रह सार्वजनिक

    भर्खरै

    • १.
      तराईमा उत्पादन हुने तरबुजा गुल्मीको सिमाघाटमा उत्पादन

    • २.
      खानेपानीमन्त्रीले गरे हजयात्रीलाई बिदाइ

    • ३.
      ‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सम्पन्न

    • ४.
      सत्ता समीकरणले माओवादीलाई घाटा पुगेको प्रचण्डको स्वीकारोक्ति

    • ५.
      प्युठानमा रचना वाचन र पुस्तक विमोचन कार्यक्रम सम्पन्न

    • ६.
      प्युठानमा वर्षा र बाढीले क्षती

    • ७.
      नेपालगन्जमा मुस्लिम महिलाका लागि नेतृत्व विकास तालिम सुरु

    • ८.
      प्यूठान अस्पताल विकास समिति अध्यक्षमा बस्याल नियुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation