वामपन्थी शक्तिलाई एकतावद्ध बनाउछौं : नेता नेपाल

कोहलपुर । एकिकृत समाजवादी पाटीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा लोकतान्त्रीक वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने पक्षमा रहेको बताएका छन । बिहीबार समाजवादी पे्रस सगठनले बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताएका छन । चुनावहरुको सिलसिला सुरु भएको र ति चुनावहरुमा आफुहरुले विजय प्राप्त गर्ने बताए । एकिकृत समाजवादी पाटीका विभिन्न कामहरु व्यवस्थित हुदै पालिका, जिल्लाहरुमा कमिटी गर्नै गठन भैरहेको बताए ।
त्यस्तै नेता नेपालले एमसीसीको बारेमा छलफल भइरहेको बताउदै नेपाली जनताको विश्वास जित्न आफुहरुलागेको बताए । नेतालाई मन परेको जनतालाई मन नपर्नै र जनतालाई मन नपरेको नेताला्ई मन नपर्ने कुरामा छलपल हुनुपर्ने आवश्यक रहेको बताए । त्यस्तै नेता नेपालले देशको रक्षा गर्न एकिकृत समाजवादी पाटी चिन्तनशिल रहेको बताउदै स्वास्थ्य,शिक्षा रोजागारीका र जनताको हितमामा विषयमा पाटीले गम्भिरता रहेको बताए । प्रतिगमन विरुद्धको आन्दोलन जारी रहेको बताए ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...