काठमाडौ ।नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी पार्टीको उपसभापति बन्ने प्राय निश्चित भएको छ ।
नेपाली कांग्रेसको जारी महाधिवेशनमा गरिएको मत सर्वेक्षण अनुसार उनले चुनाव जित्ने निश्चित भएको छ।
संकटको समयमा पार्टी लाई बचाउन सक्ने र दु:खको समयमा कार्यकर्तालाई काँध थाप्ने भण्डारी विश्व राजनीति बुझेको बौद्धिक नेतामा पर्छन् । सामन्ती संस्कार र अहंकारको आलोचक भण्डारीले दलित ,विपन्न र पछाडि पारिएका समुदायको पक्षमा वकालत गर्ने गर्छन् । आफु सांसद भएको समयमा बुझेको सबै तलव भत्ता गरिब बालबालिकाको पढाई खर्च गरेका उनलेे हरेक बर्षको दशैंमा गरिब बस्तीमा गएर चार्ड मनाउने गर्छन् । पार्टी कार्यकर्ता र जनताको निम्ति अहोरात्र खट्ने भण्डारी सबैभन्दा बढी कार्यकर्ताले रुचाउने नेता हुन् । राष्ट्रवादी छवि बनाएका उनको स्वभाव हक्कि स्वभाव हक्कि छ । राम्रो काम अरुले गरेपनि ठिक हो भन्ने र नराम्रो काम आफ्नाले गरेपनि आलोचना गर्न पछि नपर्ने भण्डारी लाभको निम्ति कसैसँग नझुक्ने नेता हुन् । कथित जनयुद्धको समयमा अरु नेताहरू काठमाडौंमा लुकेर बसेको अबस्थामा पनि भण्डारीले प्राणको बाजि लगाएर देश व्यापी रुपमा खटेर कार्यकर्ताको संरक्षण गरेका थिए ।
अनियमितता र भ्रष्टाचार बिरुद्ध खह्रो रुपमा प्रस्तुत हुने उनी स्वच्छ छवि र उच्च आदर्श भएको नेतामा पर्छन् । पञ्चायती कालमा लामो समय जेल जीवन बिताएका भण्डारीले पञ्चाय ,मण्डलले र कम्युनिस्ट बाट ठुलो यातना भोगेका छन् । २०४६ सालको आन्दोलनमा महत्त्वपूर्ण भुमिका खेलेका भण्डारी निक्कै चर्चित बिद्यार्थी नेता हुन् । तत्कालीन राजा ज्ञानेन्द्रको शाही कदमका बिरुद्ध संघर्ष गर्ने भण्डारी गणतन्त्रको पक्षमा वकालत गर्ने थोरै नेता मध्ये पर्छन् । भण्डारीले कम्युनिस्टका पछाडि लागेर कांग्रेसले आफ्नो पहिचान गुमाउन नहुनेमा जोड दिन्छन् । उनलेे मुलुकमा व्यवस्था फेरिए पनि जनताको जीवन स्तर जस्ताको तस्तै भएको भन्दै जनता झनपछि झन गरिव र नेता धनाड्य बन्दै गएको प्रति आक्रोश प्रकट गर्दै आएका छन् ।
भण्डारीले चुनाव जितेको खण्डमा मुलुक कांग्रेसमय हुने र कम्युनिस्टहरू पत्तासाप हुने देखेपछि अहिले कम्युनिस्टहरु समेत अत्तालिन पुगेका छन् । पार्टीको नाममा बर्षौ देखि खाई पल्केकाहरुको खान नपाईने डरले निद्रा हराम भएको छ ।
गुल्मी जिल्लाको मध्यम परिवारमा जन्मेका उनी स्वच्छछवि भएका, बौद्धिक ,संघर्ष शिल र राष्ट्रभक्त स्वाभिमानी नेता हुन् । भण्डारीले करीब ३ सय मत अन्तरमा चुनाव जित्ने महाधिवेशनमा सहभागी प्रतिनिधिहरुको अनुमान छ ।
कांग्रेस महाधिबेशन : सर्बेक्षण भन्छ,’चन्द्र भण्डारी चुनाव जित्ने निश्चित’
कांग्रेस महाधिबेशन : सर्बेक्षण भन्छ,’चन्द्र भण्डारी चुनाव जित्ने निश्चित’
![](https://kamanadaily.com/wp-content/uploads/2021/12/received_954069608531277.jpeg)
Advertisement
तपाईको प्रतिक्रिया