बुटवल । निरन्तर संगठन विस्तार अभियानमा लागेको अखिल (क्रान्तिकारी)को सिद्धार्थ गौतम बुद्ध क्याम्पस मूल इकाइ समितिले सह-इकाइ समिति गठन गरेको छ।
आज पार्वती न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँसमिति गठन भएको हो।
यस्तै समितिको उपाध्यक्षमा पूजा नेपाली/दीक्षा अर्याल, सचिवमा लक्ष्मी न्यौपाने, सह-सचिवमा क्रान्ति विक, सर्मिला बेल्बासे, कोषाध्यक्षमा सृष्टि भण्डारी र सदस्यहरूमा पदम कुँवर, रेखा मिश्रा, रचना गैरे, मनिसा चुदाली, सम्झना ज्ञवाली, सरु कुँवर, सरस्वती बुढा, जमुना कुवर, अनुस्का पोखरेलगायत रहेका छन्।
शिशिर केसीले संचालन गरेको सो कार्यक्रममा इकाइ समिति अध्यक्ष हिमाल खनालले क्याम्पसमा भएका कमिकमजोरी हटाउनको निम्ति क्याम्पस समक्ष राखेका १६ बुदे मागको समीक्षा गरि, विद्यार्थीको गुनासोलाई आत्मसाथ गर्दै लैजाने कुरा बताएका छन् ।
यसमा सबै विद्यार्थीको साथ आवश्यक रहेको बताउँदै उनले कोरोनाविरुद्धको खोपको लागि पनि पहल गरेको र विद्यार्थीलाई खोप चाडै व्यवस्थाको हुने बताए। साथै सिद्दार्थ गौतम बुद्ध क्याम्पस अखिल (क्रान्तिकारी)मय बनाउन सबै विद्यार्थीलाई आग्रह समेत गरेका छन् ।