कामनाडेली, कपिलबस्तु। सानै उमेरवाट राजनिति सुरु गरेका अभिषेक प्रताप शाह अहिले चर्चामा छन् । जनताको मन जित्दै तीन पटक सम्म सांसद बनेका शाहको काग्रेसको यात्रा सुखद नै रहेको छ । तत्कालिन संघिय समाजवादी पार्टी त्याग गरि काग्रेसमा प्रवेश गरेका शाह कपिलवस्तु क्षेत्र न ३ मा अन्य पार्टी भन्दा बलिया व्यक्तिको रुपमा चिनिन्छन् ।
शेर बहादुर देउवा निकट मानिने सांसद शाहले अहिले केन्द्रीय सदस्यका उम्मेदवार बन्ने भएका छन् । युवाहरु लोकप्रिय नेताको रुपमा परिचित सांसद शाहले काग्रेसमा युवालाई अवसर दिदैँ पार्टी बलियो बनाउनुपर्ने बताउछन् । सभापतिमा देउवालाई समर्थन गर्दै पार्टीमा अब युवाहरुको नेतृत्व आफुले गर्ने बताए ।
सुरु देखि नै हिन्दु राष्ट्रको माग गर्दै आएका शाहको अहिले एजेन्डा नै हिन्दु राष्ट्र हुनुपर्ने छ । हिन्दूराष्ट्रको आफ्नो एजेण्डालाई प्रस्तावका रुपमा राखेका छन । उनले नेपालको पहिचान हिन्दूराष्ट्र नै रहेको बताउदै पार्टी सभापति तथा प्रधानमन्त्री देउवा सग पटक पटक यसै बिषयमा कुरा गरेको बताउछन ।
कपिलवस्तुको कृष्णनगर निवासी शाहलाई नेता तथा कार्यक्रताले आफुलाई अत्याधिक मत सहित विजयी बनाउने विश्वास छ । गुट उपगुट अन्त्य सगै एउटा सिगो काग्रेस पार्टी निर्माण गर्न आफुले उम्मेदवारी दिएको बताउँदै जिताउन सबै सँग अपिल समेत गरेका छन् । छोटो समयमा कपिलवस्तु लगाएत अन्य जिल्लाका नेता कार्यक्रता सँग राम्रो सम्वन्ध बनाएका शाहले मुलुकमा काग्रेसको एजेण्डाहरु स्थापित गराउँदै आगामि निर्वाचनमा होमिनुपर्ने बताए । प्रभावशालि नेता शाहको उम्मेदवारी हुने भएपछि जिल्ला वासि उत्साहित भएका छन् ।
कांग्रेसमा शाहको उम्मेदवारी
कांग्रेसमा शाहको उम्मेदवारी
Advertisement
तपाईको प्रतिक्रिया