• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

‘केपी ओली सगरमाथाको शिरबाट नारायणीको तिरमा पुगे’ः स्वास्थ्य मन्त्री खतिवडा


  •   शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित
  • रामेछाप । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी ओली आफ्नै घमण्डले सगरमाथाको शिरबाट नारायणी नदीको तिरमा पुगेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी सुनापति गाउँपालिकाले आयोजना गरेको प्रथम अधिवेशनमा बोल्दै मन्त्री खतिवडाले नेपाली जनताले माया गरेर सगरमाथाको शिरमा पु¥याएका केपी ओली आफ्नै घमण्डले गर्दा अहिले नारायणीको तिरमा पुगेको बताएका हुन् ।

    Advertisement

    झण्डै दुई तिहाइको बहुमत सहित बालुटार छिरेका केपी ओली आफ्नै मतिका कारण बालुटारबाट बालकोटको बारदली हुँदै अहिले नारायणीको बगरमा पुगेको र अबको उनको यात्रा पनि बगरकै रहेको मन्त्रीले जिकिर गरे ।

    कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न सफल भएका केपी ओलीले अब पार्टीलाई मण्डलेकरण गर्दै नागर्जुनमा लगेर बुझाउने निश्चित रहेको बताउँदै अन्य राजनीतिक दलहरु होसियार हुन जरुरी रहेको उनले बताए । २०६२÷६३ को जनआन्दोलन देखि नै केपी ओली गणतन्त्रको पक्षमा नरहेको स्मरण गर्दै स्वास्थ्य मन्त्री खतिवडाले त्यपछिका गतिविधिले केपी ओली मण्डलेहरुको पक्षमा रहेको पुष्टि गरीसकेको र आउँदो चुनावमा राप्रपसँग गठबन्धन गरेर आफ्ना कार्यकर्तालाई एउटा काँदमा हलो, अर्को कादमा सुर्य हालेर गाई धपाउँदै चुनाव प्रचारमा लगाउने निश्चित रहेको ठोकुवा गरे ।

    संसद विघटनको प्रसंगमा मन्त्री खतिवडाले भने– ‘केपी ओलीले पहिलो पटक संसद विघटन गरेरको गलत भएको भन्दै सर्वोच्चले संसद विघटलाई बदर गरेको ८० दिन पुग्न नपाउँदै दोस्रो पटक संसद विघटन गरे । त्यसपछि संसदका बहुमत सदस्य सहितको हस्ताक्षर लिएर हामी सरकार बनाउन सक्छौ, ओलीले गरेको संसद भंगलाई बदर गर भनेर राष्ट्रपतिकोमा गयौँ । तर, राष्ट्रपतिले हामीले वैधानिक रुपमा गरेको हस्ताक्षरलाई नक्कली भन्दै पन्छाइन् । त्यतिबेला उनले केपी ओलीको चाकडी गर्दै प्रधानमन्त्रीको कारिन्द बनिन् । त्यसपछि हामी फेरि सर्वोच्च गयौँ । सर्वोच्चले बहुमत सासंदले गरेको हस्ताक्षर सक्कली भएको र सरकार बनाउन मिल्ने भनेर आदेश जारी गरेर बनेको सरकारलाई परमादेशको सरकार भन्दै केपी ओली बौलाएर हिडेका छन् । यो सरकार १ सय ६५ जना सासंदको समर्थनमा बनेको हो । यसमा कुनै संका छैन् ।’

    कोभिड नियन्त्रको लागि सिंगो सरकार लागेको र अहिले देशका सबै नागरिकलाई पुग्ने खोप जोहो गरिसकिएकाले सबै नागरिकलाई पूर्ण खोप लगाएर कोरोनाबाट सुरक्षित हुन मन्त्री खतिवडाले आग्रह गरे । स्वास्थ्य क्षेत्रमा जनशक्तीको अभावलाई अर्को व्यवस्था नहुँदा सम्म केही समयको लागि नेपाल सरकारको छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीहरुलाई करारमा खटाइसकिएकाले स्वास्थ्य संस्थामा जनशक्ती अभावमा सेवा नरोकिने पनि उनले बताए ।

    स्थानीय तहका कुनै वडामा कुनै पनि प्रकारका स्वस्थ्य संस्थाहरु नभएको भएर स्वास्थ्य संस्था स्थपाना गर्नको लागि मन्त्रालयले सहयोग गर्ने बताउँदै सम्बन्धित स्थानीय तहको सिफारिस सहित मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरे ।

    नेकपा एकीकृत समाजबादी सुनपाति गाउँपालिकाका अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजबादीका पोलिट ब्युरो सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेल, पोलिट ब्यूरो सदस्या एवं सह इन्चार्ज होम बुढाथोकी, केन्द्रीय सदस्य शान्ता पौडेल, जिल्ला अध्यक्ष एवं मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत, जिल्ला सचिव लालसिंह घिसिङ, नेकपा एकीकृत समाजबादी काठमाण्डौ–रामेछाप सम्पर्क मञ्चका अध्यक्ष सुवाश खत्री, जिल्ला उपसचिव किरण मोक्तान, नेकपा एकीकृत समाजबादी जिल्ला सचिवालय सदस्य रमेशबाबु श्रेष्ठ लगायतका नेताहरुले बोलेका थिए ।

    सुनापति गाउँपालिकामा दुर्गा घिमिरेको अध्यक्षतामा ३५ सदसीय गाउँ कमिटी बनेको छ । त्यस्तै सुनापति गाउँपालिका वडा नं ३ हिलेदेवी, वडा नं ४ बेथान र वडा नंं ५ खनियापानीको वडा कमिटि पनि गठन भएको नेकपा एकीकृत समाजबादीले बताएको छ ।

    शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation