अनुज पछाई,प्यूठान । नेपाली काङग्रेस प्यूठानको मङसिर ३ गते भोली तय भएको निर्वाचन क्षेत्र नम्वर (ख) को अधिवेशन अचानक स्थगित भएको छ । शुक्रवार हुने भएको निर्वाचन तयारी नपुगेको भन्दै स्थगित गरिएको निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिए । निर्वाचन सम्वन्धी कार्यक्रम अर्को सूचना नहुँदासम्मका लागि कांग्रेस प्यूठानका सभापति अमंरप्रसाद भण्डारी र क्षेत्रिय सभापति सरोज थापा (रोज राणा) ले संयुत्तल निर्वाचनका कार्यक्रम स्थगित गर्न निवेदन दिएको निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।
क्षेत्र नम्वर (क) को निर्वाचन कार्यक्रम भने नरोकिने कांग्रेस स्रोतले जनाएको छ । अन्तिम समयमा आएर अधिवेशन स्थगित हुनुलाई अस्वभाविक रुपमा हेरिएको छ ।
Advertisement