• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ३. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ४. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ५. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • ८. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ९. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

  • १०. भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

एकै दिन दुई मुख्यमन्त्री फेरिए


  •   बुधबार, कार्तिक १७, २०७८ मा प्रकाशित
  • काठमाडौं। प्रदेश १ र कर्णाली दुवै प्रदेशमा बुधबार मुख्यमन्त्री फेरिएका छन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको ठाउँमा एकीकृत समाजवादीका राजेन्द्र राई र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको ठाउँमा नेपाली कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त हुनुभएको छ।

    Advertisement

    नवनियुक्त दुवै मुख्यमन्त्रीले बुधबार नै पद तथा गोपनीयताको शपथ लिनुभयो। प्रदेश १ का मुख्यमन्त्री आचार्यले अल्पमतमा परेपछि राजीनामा दिनुभएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने गत वैशाखमा नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम पद त्याग गर्नुभयो । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राईले बुधबार नै कांग्रेस, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई सहभागी गराएर पाँच सदस्यीय मन्त्रिपरिषद बिस्तार गर्नुभएको छ ।

    कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले भने बिहीबार मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा हुनुहुन्छ । सुनसरीस्थित राजधानी सहकर्मीका अनुसार एमाले नेता आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सोमबार नै नवगठित एकीकृत समाजवादीका नेता राईलाई मुख्यमन्त्री बनाउनेगरी गठबन्धन दलहरूबीच सहमति जुटेको थियो । मंगलबार राईसहित नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

    उहाँसहित चार मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथ गराउनुभयो । कांग्रेसबाट दुई जना, माओवादी केन्द्रबाट एक जना र जनता समाजवादी ९जसपा०बाट एक जना मन्त्री भएका छन् । नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो आर्थिक मामिलामन्त्री नियुक्त हुनुभएको छ ।

    जसपाका नेता जयराम यादव सामाजिक विकासमन्त्री बन्दा कांग्रेसका सचेतकसमेत रहेका केदार कार्कीले आन्तरिक मामिला मन्त्री र कांग्रेसकै नेता हिमाल कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी पापाउनुभयो । यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

    आफूले मुख्यमन्त्री पदमा शपथग्रहण गरेपछि राईले पहिले विश्वासको मत लिएर मात्र काम गर्ने प्रतिक्रिया दिनुभयो ।

    उता कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्रीमा जीवनबहादुर शाहीले मंगलवार राति पद तथा गोपनीयताको सपथ लिनुभएको छ। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नुहुने छ ।

    नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धनको समर्थनमा शाही मुख्यमन्त्री बन्नुभएको हो । शाहीले मुख्यमन्त्रीको शपथ लिएपनि मन्त्रालयको भागबण्डा गठबन्धनका दलहरुबीच सहमति हुन बाँकी छ । राजधानी दैनिकमा खबर छ ।

    बुधबार, कार्तिक १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ३.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ४.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ५.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • २.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ४.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ५.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ६.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ७.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ८.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation