भरतमणी न्यौपाने, प्यूठान । लोकगायक विष्णु खत्रीको देउसी भैलो गीत ‘शंकर ध्वनि’ बजारमा आएको छ ।
खत्रीको आफ्नै युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको सो गीतलाई अहिलेसम्म २ लाख ४४ हजार बढी पटक हेरिएको छ ।
खत्रीकै शब्द, संगीत रहेको उक्त गीतमा राजु परियार, शर्मिला गुरुङ, बिष्णु खत्री, बद्री पंगेनी, बिमल राज छेत्री, देवी घर्ती, टिका पुन र जुना श्रीषको स्वर रहेको छ । देउसीको भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन् भने करिश्मा ढकाल, रामजी खाँड, लोमश शर्मा लगायतको अभिनय छ ।
गीतको एरेन्जमेन्ट कृष्ण केसीले गरेका छन। करण चैसिरको छायांकन रहेको भिडियोको सम्पादन दिपक बिष्टले गरेका हुन ।
गायक खत्री दुई दशकदेखि लोक सङ्गीतमा सक्रिय छन् । उनले सयौँ गीतमा स्वर र शब्द दिएका छन् ।
Advertisement
भिडियो हेर्नुहोस।