काठमाडौं । गृह मन्त्रालयले परिचय पत्र नभएका विदेशी नागरिकलाई घर, अपार्टमेन्ट, कोठा भाडामा नदिन आग्रह गरेको छ। पछिल्लो दिनमा केही विदेशी नागरिक अनधिकृत रुपमा नेपाल भित्रिएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको भन्दै पहिचान खुल्ने परिचय पत्र नभएका कसैलाई पनि घर, अपार्टमेन्ट, कोठा भाडामा नदिन र त्यस्ता व्यक्तिहरूलाई कामकाजमा समेत नलगाउन भनिएको छ ।
११ जना अफगान नागरिक भारतको बाटो काठमाडौंमा लुकीछिपी बसेको खुलेपछि गृह मन्त्रालयले यस्तो आग्रह गरेको हो
कोही परिचय नभएका विदेशी नागरिक भेटिएमा नजिकको प्रहरी कार्यालय सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। गृहले परिचयपत्र बिनाका कसैलाई पनि काममा नलगाउन पनि आग्रह गरेको छ ।