• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, मङि्सर २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • ९. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

  • १०. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

लुम्बिनी प्रदेश सरकारले राजधानीका वस्ती हटाउन खोजेपछि स्थानीय आन्दोलित


  •   बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित
  • बुटवल। लुम्बिनी प्रदेशको स्थायी राजधानीका स्थानीय आन्दोलित भएका छन्। २०४७ सालदेखि बसोबास गर्दै आएका स्थानीयलाई राजधानी व्यवस्थापनका लागि भन्दै सरकारले जग्गा खाली गर्न सूचना जारी गरेपछि उनीहरु आन्दोलित भएका हुन्।

    Advertisement

    राप्ती गाउँपालिका वडा नं ३ को एक सय ४० हेक्टर जग्गा वन क्षेत्र भएकाले उक्त जग्गा १५ दिनभित्र खालि गर्न डिभिजन बन कार्यालयले असोज २२ गते सूचना जारी गरेको थियो। स्थानीयले भने तीस बर्षदेखि बसोबास गर्दै आएको जग्गाबाट सरकारले हटाउन थालेको भन्दै समिति नै बनाएर सरकारसँग निरन्तर संघर्षमा छन्।

    नयाँ वस्ती संघर्ष तथा समन्वय समिति गठनका संयोजक तुला गिरीले जग्गाको कानूनी बैधता प्राप्त गर्ने बेलामा सरकारले उल्टो अपमान गरी निकाल्न खोजेको आरोप लगाए।

    बन कार्यालयले राप्ती गाउँपालिका वडानम्बर ३ मा पर्ने ६५ नम्बर, नयाँ वस्ती, वागढड्डी उत्तर मसुरिया, मुक्तकमैयां टोल र वडा नम्बर २ को एकता नगर, डुडिखेल टोल, महाप्रभु टोल, मुक्ति नगर टोल र कटेशनाला नयाँवस्तीमा बसोबास गर्दै आएका स्थानीयलाई जग्गा खाली गर्न सूचना जारी गरेको हो। यी क्षेत्र प्रदेश सरकारको राजधानी गुरुयोजनाभित्र समेटिएका क्षेत्र हुन्।

    अहिले राप्ती प्राविधिक शिक्षालयको जग्गामा बसोबास गरिरहेका स्थानीय २०५० सालमा शिक्षालय निर्माण हुने भएपछि सरकारसँगको सहमतिमा केही परको बन क्षेत्रमा बसोबास गर्न थालेका थिए। तर, सरकारले अहिलेको ठाउँबाट पनि हटाउन थालेपछि स्थानीय असन्तुष्ट भएका हुन्। पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालयले जग्गा खालि गराउन वन डिभिजन कार्यालयलाई पत्राचार गरेपछि कार्यालयले सूचना निकालेको थियो।

    त्यसको विरोधस्वरुप असोज २३ गते राप्ति गाउँपालिकालाई ज्ञापन पत्र बुझाएका छन् भने डेलिगेशन आएर प्रदेश सरकारसमक्ष आफ्ना गुनासाहरु राखिसकेका छन्। ूहामीले सरकारसँग संवाद खोजेका छौं। सरकारले बर्षौदेखि बस्दै आएको जग्गाबाट १५ दिनको सूचनाले निकाल्न खोज्दैछ। हामी अन्यायमा परेका छौं। अपमानित महशुस भएको छ, समितिका संयोजक घर्तीले भने।

    लुम्बिनी प्रदेशको ग्रामीण तथा शहरी विकास मन्त्रालयले १५ दिनभित्र वस्ती खाली गराउन डिभिजन वन कार्यालय लमहीलाई पत्राचार गरेपछि त्यसका विरुद्व नयाँ वस्ती संघर्ष तथा समन्वय समितिले बिरोध जनाउँदै आएको छ । संघर्ष समितिले ५० वर्ष पहिलेदेखि बस्दै आएका जनतालाई लालपूर्जा दिनुपर्ने, जनतालाई झुक्काउने काम बन्द गरिनुपर्ने र बस्ती हटाउने ग्रामीण तथा शहरी विकास मन्त्रालयको गत भदौ ५ गतेको निर्णय खारेज गरी सार्वजनिक गर्नुपर्ने मागसहित तीन बुँदे ज्ञापनपत्र मुख्यमन्त्रीलाई बुझाई सकेको छ ।

    मुख्यमन्त्री कुलप्रसाद केसीसहितको टोलीले मंगलबार राजधानी क्षेत्र निरिक्षण गरी दाङको राप्ती गाउँपालिकास्थित भालुवाङ नजिकै सशस्त्र प्रहरी बलको नाममा दर्ता कायम भएको वन क्षेत्र र वन विभागको करिब ६० विघा खाली जग्गा राजधानीका लागि भौतिक संरचना निर्माण गर्न उपयुक्त भएको निष्कर्ष निकालेका थिए। त्यसपश्चात गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदी, मुख्यमन्त्री केसीसहितको बैठकले उक्त जग्गालाई लुम्बिनी प्रदेश सरकारको नाममा हक हस्तान्तरणको लागि आवश्यकता अनुसार चार किल्ला क्षेत्रफल छुट्याइ राप्ती गाउँपालिकाले सिफारिस गर्ने निर्णय गरेको थियो।

    बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ
    एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा
    जसपा का वाग्मती प्रदेश अध्यक्ष जयप्रसाद गोले एमालेमा प्रवेश
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation