कामना डेली, प्युठान। राष्ट्रीय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य मुक्ती पोख्रेलले एमाले छोडेका छन् ।
Advertisement
सोमबार पोख्रेलले एमाले छोड्दै नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट्र पार्टी रोजेका हुन् ।
पोख्रेलले एक प्रेश बिज्ञप्ती मार्फत नेकपा एमाले छोडेको घोषणा गरेका छन। सांसदिय राजनीतिक दलवाट देशले निकास नपाउने निचोड निकाल्दै आफू नेकपामा समाहित भएको पोख्रेलले बिज्ञप्तीमा उल्लेख गरेका छन।
प्युठानको दाखाक्वाडी निवासी पोख्रेल एमाले प्युठानका जिल्ला सदस्य समेत हुन् ।