काठमाडौं। नेकपा (एमाले)का नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको छ।
Advertisement
बिहीबार बसेको नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा जोशीले एमाले परित्याग गरेको घोषणा गर्दै उक्त पार्टी प्रवेश गर्नुभएको हो।
एमालेमा केन्द्रीय कमिटी सदस्य रहेका जोशी सुदूरपश्चिमका प्रभावशाली नेता मानिनुहुन्छ । भीम रावलसँग निकट रहेर काम गर्नुभएका जोशी अहिले रावलसहित एमाले छोडेर एकीकृत समाजवादी प्रवेश गर्नुभएको हो।