• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

बाढीपीडितको १५ वर्षदेखि जंगलमा बास


  •   बुधबार, असोज १३, २०७८ मा प्रकाशित
  • बाँके । ‘हामी रहरले यहाँ आएर बसेका होइनौं । दुःख र बाध्यताले गर्दा बसेका हौं’, बेतहनीको झोरा सामुदायिक वन क्षेत्रमा बसेकी बाढीपीडित जेसरानी यादव भन्नुहुन्छ– ‘अहिले सामुदायिक वन र वन कार्यालयले हटाउने भन्छ । हामी कहाँ जाने?’विसं २०६३ असारमा राप्ती नदीमा ठूलो बाढी आएपछि होलियाको कृषिचौफेरीबाट यादवका परिवारलाई नेपाली सेनाको हेलिकोप्टरले झोरा सामुदायिक वनको खाली जमिनमा ल्याएर राखेको थियो ।

    Advertisement

    १५ वर्षदेखि नै झोरा सामुदायिक वनमा बसिरहेकी मीना वर्मा भन्नुहुन्छ– ‘हामी बाढीपीडित भएर यहाँ आएका हौं । अब पुरानो ठाउँमा गएर बस्ने अवस्था छैन । यहाँबाट हटाउने हो भने हामीलाई अर्को ठाउँमा बस्ने व्यवस्था मिलाइदिनुपर्छ ।’१५ वर्षअघिको बाढीमा परेका ३ सय ५० घर–परिवार अहिले झोरा सामुदायिक वनमा बसिरहेका छन् । वन कार्यालयको सहयोगमा झोरा सामुदायिक वन उपभोक्ता समूहले पटक–पटक सूचना निकालेर बाढीपीडितलाई जंगल क्षेत्र खाली गराइदिन आग्रह गरिरहेको छ । पछिल्लोपटक भदौ २२ गते एक हप्ताका लागि म्याद राखेर वन क्षेत्र खाली गराइदिन सूचना निकालेको थियो । वन उपभोक्ता समूहले अटेरी गरेमा वन कार्यालयको सहयोगमा अतिक्रमण हटाइने चेतावनी दिएको छ ।

    सरकारले बाढीपीडितलाई घर–जग्गाको व्यवस्था गरिदिने घोषणा गरेको थियो । २०७१ सालको बाढीपीडितलाई २०७२ सालको भूकम्पपीडितसरह घरबासका लागि राहतको घोषणा गरेको सरकारले त्यसलाई कार्यान्वयन गरेको छैन ।बाँकेमा हजरत सामुदायिक वन क्षेत्रमा पनि बाढीपीडित बसिरहेका छन् । राप्तीसोनारी र नरैनापुरका जंगलमा पनि बाढीपीडित छन् । वास्तविक बाढीपीडित को–को हुन्, उनीहरुको पुरानो ठाउँमा बस्न मिल्ने अवस्था छ कि छैन? यो विषयमा न त स्थानीय सरकारले चासो देखाएको छ न त प्रदेश र केन्द्रीय सरकारले ।झोरा जंगलमा बसिरहेका आरिफ दर्जीले नेताहरु चुनावका बेलामा आएर आश्वासन दिने गरे पनि त्यसपछि समस्या समाधान गर्न लागिनपरेको बताउनुभयो । ‘हामी १५ वर्षदेखि बसिरहेका छौं । वन समितिले पटक–पटक आउँदै हटाउने सूचना दिन्छ’, दर्जीले भन्नुभयो– ‘हामी कहाँ जाने? हामीलाई जाने ठाउँ त देखाइदिनुप¥यो नि ।’ ‘नेताहरु चुनावका बेलामा तपाईंहरुको नोकर बन्छु । भोट दिनुस् भनेर आउँछन् । चुनाव जितेपछि हाम्रो समस्या समाधान गर्नतिर लाग्दैनन् । अहिले आएर कतिपय नेताले जंगल हो, मैले केही गर्न सक्दिनँ भनिरहेका छन्’, उहाँ भन्नुहुन्छ– ‘आजै हटाइदिन्छ कि भोलि हटाइदिन्छ कि भन्ने डरमा छौं । हाम्रो विकल्प खोजिदिनुप-यो ।’२०६३ असारको बाढीपछि पीडितलाई झोरा सामुदायिक वनको खाली क्षेत्रमा बसाउन भूमिका खेल्नुभएका स्थानीय रामफेरन गुप्ताले बाढीपीडितको समस्या स्थायीरूपमा समाधान गर्दै जानुपर्ने बताउनुभयो । ‘१५ वर्षदेखि झोरा वनको खाली जमिनमा बसिरहेका छन् । त्यति बेला प्लटिङ गरेर एक–एक कठ्ठा दिइएको छ । अब उनीहरुलाई यहाँबाट हटाउने हो भने अर्को ठाउँमा घरबास दिनुपर्छ’, गुप्ताले भन्नुभयो– ‘वैकल्पिक व्यवस्था नगरेर हटाउँदा उनीहरु कहाँ जान्छन्? यस विषयमा कसले सोच्ने हो?’

    सरकारले बाढीपीडितलाई घरबासका लागि साढे ३ लाख दिने घोषणा गरेको थियो । त्यो रकम अहिलेसम्म बाढीपीडितले पाउन सकेका छैनन् । केही वर्षअघि स्थानीयस्तरमा एउटा समिति बनेर बाढीपीडितको स्थायी समाधानका लागि उपायहरु निकालिएको थियो । इन्जिनियर होमनाथ भुसाल, जिल्ला विकास समितिका तत्कालीन अधिकृत शरद पौडेललगायतको टोलीले जंगलको खाली ठाउँमा बाढीपीडितलाई बसाउने र उनीहरुको डुवान क्षेत्रको जमिन सरकारले लिनुपर्ने सुझाव दिएको थियो । यो सुझाव पनि कार्यान्वयन हुन सकेको छैन ।भारतले सन् १९९० मा राप्ती नदीमा लक्ष्मणपुर बाँध, सन् २००० मा कलकलवा तटबन्ध र पछिल्लो वर्षहरुमा दशगजासँगै सटाएर सडकजस्तो बाँध बनाएपछि बाँकेका तटीय क्षेत्रका बासिन्दा वर्षेनी डुबानमा पर्दै आएका छन् । नेपाल समाचारपत्रबाट ।

    बुधबार, असोज १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation