• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

  • ९. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • १०. सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

गुल्मी प्रहरी प्रति जनविश्वास बढ्दै, ६ महिना यता सफलता


  •   बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा पछिल्लो समय प्रहरी प्रति जनविश्वासमा अभिवृद्धि हुन थालेको छ । घटित अपराधका सबै अभियुक्त पक्राउ भई कानूनी कारबाहीको दायरामा आएपछि विश्वास बढ्न लागेको हो ।
    जिल्ला प्रहरी कार्यालय गुल्मीलाई बितेको पछिल्लो ६ महिना यता घटेका घटनाहरुमा अपराधी पत्ता लगाउन सफल भएपछि सफलता मिलेको छ । जिल्लामा पछिल्लो समय यता घटेका केहि अपराधका घटनाहरुमा प्रहरीले अपराधी पक्राउ गर्न सफल भएपछि सफलता मिलेको हो ।
    गतवर्षको फागुन महिनादेखि भदौ महिनाको तेस्रो सातासम्मको जिल्ला प्रहरी कार्यालय गुल्मीबाट भएगरेका कामहरुको समिक्षा गरिएको हो । यो अबधीमा जिल्ला प्रहरी कार्यालय गुल्मीले महत्वपूर्ण उपलब्धी हासिल गरेको जनाएको छ ।
    प्रहरीहरुमा दण्ड र पुरस्कारको जनशक्तिको माध्यमबाट मनोबल उच्च राख्ने प्रयास, २ निलम्बन सहित ५ जना कार्वाही, ३७ जना पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो ६ महिनामा १०६ वटा दर्ता भएको जसमा गुल्मीमा ५९ जना हराएकामध्ये ४९ जना फेला पारेको, १० जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।
    यस्तै भाडगाँउ हत्याकाण्ड, इस्मा, गुल्मी दरवार हत्याकाण्डको सफल अनुसन्धानमा गर्नु ठूलो महत्वपूर्ण रहेको प्रहरीले जनाएको छ । जिल्लामा बिभिन्न मुद्दामा ५४ जनालाई पक्राउ गरी कानूनी कारबाही परेको प्रहरीले जनाएको छ ।
    पक्राउन परि कानूनी कारबाहीमा पर्नेहरुमा ५ जना महिला र ४९ जना पुरुष रहेका छन् । जसमध्ये सवारी ज्यानमा ५ जना, कर्तव्यज्यानमा १ जना, अभद्र व्यवहार गर्न नहुने कसूरमा १ जना महिला र ११ जना पुरुष पक्राउ गरि कानुनी कारवाही गरिएको प्रहरीले जनाएको छ ।
    त्यस्तै बहुबिवाहमा २ जना महिला र २ जना पुरुष, चोरीमा ३ जना, जवरजस्ती करणीमा ११ जना पुरुष, जवरजस्ती करणी उद्योगमा ३ जना जना पक्राउ गरि कानुनी कारवाही गरिएको प्रहरीले जनाएको छ । त्यस्तै ज्यान मार्ने उद्योगमा २ जना, आत्महत्या दुरुत्सहनामा १ जना, आगोलागी सम्बन्धि कसूरमा ३ जना, पशुपक्षी सम्बन्धि कसूरमा १ जना महिला र ७ जना पुरुष, अप्राकृतिक मैथुनमा १ जना पक्राउ गरि कानुनी कारवाही गरिएको प्रहरीले जनाएको छ
    जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य र सन्तोषजनक लागू औषध, गुण्डागर्दि, मानव बेचबिखन, संगठित अपराध, अबैध हातहतियार, राजनैतिक द्वन्द लगायतका समस्याहरु न्यून वा सुन्य अवस्थामा रहेको तथ्याङ्कमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले बितेका पछिल्लो ६ महिना यताको समिक्षा गर्दै घटित अपराधहरुमा क्रमशः आत्महत्या, सार्वजनिक अपराध, यौनजन्य हिंसा र सवारी दुर्घटना सबै भन्दा अधिक रहेको जनाएको छ ।
    प्रहरी प्रतिको जनबिश्वासमा अभिबृद्धि गर्दै घटित अपराधका सबै अभियुक्तहरु पक्राउ भई कानूनी कारबाहीको दायरामा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए । ट्राफिक चेकजाँचमा कडाइ, ५० लाख राजश्व असुली, प्राकृतिक प्रकोपहरुमा जनधनको नोक्सानीमा न्यूनिकरण, आगलागि नियन्त्रणमा प्रहरीको सकृय भूमिका, बाढी पहिरोमा उद्धार र स्थानान्तरणमा बिशेष भूमिका रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
    त्यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीले व्यवस्थापन तर्फ पनि प्रगती भएको जनाएको छ । जसको लागि प्रदेश सरकार सँगको समन्वयमा २ वटा पिक अप भ्यान र ५ वटा मोटरसाइकल प्राप्त भएको जनाएको छ ।
    जसले गर्दा जिल्लामा कुनैपनि स्थानमा घट्ने घटनाहरुमा छिटो छरितो पुग्न सजिलो हुने गरेको प्रहरी उपरिक्षक (एसपी) भट्टराईले बताए । त्यस्तै दुईवटा क स्तरका इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको आपूर्ति भई सुरक्षा तर्फ थप शक्ति बढेको जनाएको छ ।
    प्रहरी चौकी श्रिङ्गाको उद्घाटन तथा जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय, शान्तिपुरको भवन निर्माण कार्य अन्तिम चरणमा रहेको उल्लेख गरेको छ । नयाँ प्रहरी भवन निर्माण तथा थप निर्माणका लागि भएका पहलहरु सकरात्मक रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी)पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
    जिल्ला प्रहरी कार्यालय गुल्मीमा घरेलु हिंसा सम्बन्धि ३२ वटा निवेदनहरु मध्ये २३ वटा निवेदनहरु मिलापत्र भएको, ३ वटा अदालत पाठाइएको । जसमध्ये ६ वटा निवेदनहरु बाँकी रहेको प्रहरीले जनाएको छ ।
    कोभिडको उच्च जोखिम भएका क्षेत्रहरुबाट आएका १ हजार ७०५ जना व्यक्तिहरुलाई स्थानीय निकायहरुको समन्वयमा सम्बन्धित गन्तव्य सम्म सुरक्षित पुग्ने वातावरण निर्माण गरेको (डिएसपी) पाण्डेले बताए ।जिल्ला प्रहरी कार्यालय गुल्मीले आफ्नै भवन नभएका प्रहरी ईकाईको भवन निर्माणको लागि पहल गर्ने भएको छ । त्यस्तै सिसिटिभी थप जडानलाई थप प्रभावकारी बनाउने, आफ्नै जग्गा नभएका प्रहरी ईकाईको लागि जग्गा उपलब्ध गराउनको लागि पहल भएको छ ।
    मादक पदार्थ सेवन न्यूनिकरणको सहकार्य मूलक कार्याक्रमहरु बिद्यालय तथा क्याम्पस सम्पर्क कार्यक्रमलाई नियमित गराउँदै लैजाने भएको छ । यस्तै लागूऔषध बिरुद्ध जनचेतनामुलक कार्यक्रमहरु गर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    Advertisement

    बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा
    ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत
    स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय
    मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु
    कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय
    नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • २.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ३.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ४.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ५.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ६.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ७.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ८.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation