काठमाडौँ – उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे नर्भिक अस्पतालमा मृत्यु भएको मृत्यु भएको छ । उनको मृत्युबारे अस्पतालले विज्ञप्ति निकाल्दै जानकारी दिएको हो ।
‘अस्पतालको सिसियुमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छा,’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भने, ‘हामी दिवंगत आत्माको चिरशान्तिको कामना गर्र्दछौं भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।’
बुधबार बिहानदेखि मुटु र मृगौलाले काम गर्न छाडेपछि अवस्था गम्भीर बन्न पुगेको थियो । गम्भीर अवस्थामा रहेकी घिमिरेको अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो। उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।
Advertisement