जनक पन्थ, गुल्मी । गुल्मीमा बिरामी चितुवाको उद्धार गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–५ वस्तुमा बिरामी अबस्थामा भेटिएको चितुवाको उद्धार गरिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
चितुवा दुब्लो र राम्रोसँग हिँडडुल समेत गर्न नसक्ने अबस्थामा भेटिएको थियो । नियन्त्रणमा लिइएको चितुवा २/ ४ दिन अगाडीदेखि नै वस्ती आसपासमा रहेका खाली गोठहरुमा बस्ने गरेको स्थानीयले बताएका थिए ।
बुढो र बिरामी देखिने चितुवा मानिसलाई आक्रमण लगायतका गतिबिधी भने गरेको थिएन । चितुवा १ दशमलव ५ मिटर लम्वाई ६० सेमी उचाई रहेको थियो।
उद्धार गरिएको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीमा उपचार गरेर राखिएको छ । चितुवा बुढो र बिरामी भएको अनुमान गरिएको छ ।
Advertisement