• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

एमाले केन्द्रीय कमिटी बैठकका यस्ता छन् ९ निर्णयहरु


  •   बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेकपा एमालेको बिहीबार बसेको केन्द्रीय समिति बैठकले विभिन्न ९ बुँदे निर्णयहरु गरेको छ ।

    Advertisement

    बैठकका निर्णयहरु पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेका हुन् ।

    बैठकले नयाँ पार्टीमा लाग्ने केन्द्रीय सदस्यहरुलाई निष्काशन गरेर अभिलेखबाट हटाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

    बैठकले भदौ ८ गते स्थायी कमिटी बैठकले गरेका निर्णयहरुलाई अनुमोदन पनि गरेको छ ।

    यस्ता छन् बैठकका ९ निर्णयहरुः

    १. बैठकमा केन्द्रीय सदस्य कमरेडहरूलाई स्वागत गर्दै अध्यक्ष कमरेडले विगतमा उत्पन्न विभिन्न समस्या समाधान गर्दै एकताबद्ध भएर बैठकमा सहभागी हुन सकेकोमा खुशी व्यक्त गर्नुभयो । केही व्यक्तिको स्वार्थपूर्तिका लागि पार्टी विभाजन जस्तो हानीकारक घटना घटाइएको भए पनि कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनको मूलधारको रुपमा रहेको नेकपा (एमाले)ले यी सबै चुनौतीमाथि विजय प्राप्त गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । भ्रमवस् पार्टी विभाजनमा सहभागी भएका साथीहरूलाई भ्रममुक्त गरेर पार्टी एकतामा फर्काउन कोशिस गरिने र त्यसरी आउने साथीहरूलाई बिना भेदभाव पार्टीमा स्वागत गरिने जानकारी दिँदै अध्यक्षले सबै कमरेडहरूलाई नयाँ उत्साह,उर्जा र हार्दिकताका साथ क्रियाशील हुन आह्वान गर्नुभयो ।
    २. बैठकले पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी लगायत सबै तहका स्थानीय पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरूलाई सामान्यतः २०७५ साल जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशित गर्ने र दस बुँदे प्रस्तावलाई रचनात्मक कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रदेश र जिल्लामा दस बुँदे प्रस्तावलाई अविलम्ब कार्यान्वयन गर्न प्रदेश कमिटीका पूर्व र वर्तमान पदाधिकारीहरूले सहजीकरण गर्ने तथा जनसङ्गठनहरूमा यसलाई लागू गर्न महासचिव, सङ्गठन विभाग प्रमुख तथा कमरेडहरू गोकर्ण बिष्ट र टोपबहादुर रायमाझीले सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ । निर्णय कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न, केन्द्रीय कमिटीमा थप सदस्य मनोनयन गर्न, केन्द्रीय निकाय तथा विभागहरूलाई पूर्णता दिन तथा आवश्यकता अनुरुप पुनर्गठन गर्न आवश्यक गृहकार्यको जिम्मेवारी कमरेडहरू भीम रावल, ईश्वर पोख्रेल र विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्टलाई दिने स्थायी कमिटीको निर्णयलाई बैठकले अनुमोदन गरेको छ । बैठकमा कमरेडहरू घनश्याम भुसाल, गोकर्ण बिष्ट, शङ्कर पोखरेल, कर्ण थापा, टङ्क कार्की, गोरख बोगटी, गोकुल बाँस्कोटा, गुरु बराल, खगराज अधिकारी, विनोद ढकाल, राजन भट्टराई, सुरेन्द्र मानन्धर, राजेन्द्र गौतम, महेश बस्नेत, भगवती चौधरी, कृष्ण राई लगायतले दस बुँदे कार्यान्वयनका सम्बन्धमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।
    ३. बैठकले २०७८ असोज ४, ५ र ६ गते पार्टीको विधान महाधिवेशन तथा २०७८ मङ्सिर १०,११ र १२ गते पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गरेको छ । यसका लागि भदौको तेस्रो साता जिल्लास्तरीय कार्यकर्ता भेलाहरू आयोजना गर्ने, असोज मसान्तसम्म सदस्यता नवीकरण गर्ने, कार्तिक ६ गते देशका सबै वडामा र कार्तिक ९ गते सबै पालिकाहरूमा एकैसाथ पार्टीका स्थानीय अधिवेशनहरू सम्पन्न गरिने छन् ।
    ४. बैठकले विभाजनकारी गतिविधिमा सङ्लग्न र अलग दल दर्तामा सहभागी केन्द्रीय सदस्यहरूलाई निष्काशन गर्दै निजहरूको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको छ ।
    ५. बैठकले नेकपा (एमाले) लाई लक्षित गरेर पार्टी विभाजनका क्रममा विभिन्न निकायबाट भएका गैरकानुनी कार्य विरुद्ध कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ । त्यसैगरी दल तथा पार्टीको निर्णय, निर्देशन तथा ह्वीप उल्लङ्घन गरेवापत दलका सदस्यहरूलाई कार्वाही गर्न गरिएको हाम्रो पार्टीको सिफारिसलाई वेवास्ता गर्ने सभामुखको भूमिकाको विरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
    ६. बैठकले स्थानीय तहका जनप्रतिनिधिहरूले पनि दल त्याग गर्न सक्ने गरी जारी गरिएको अध्यादेशको प्रावधान संविधानको अक्षर र भावना विपरीत रहेको निष्कर्ष सहित २१ दिनसम्म दल छनोट गर्न पाइने भनी सम्प्रेषित सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीका सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूलाई आह्वान गरेको छ ।
    ७. केन्द्रीय कमिटीको बैठकले उपरोक्त निर्णयहरू कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यकता अनुसार थप निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई दिएको छ ।
    ८. बैठकले १ नं प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएकोमा कमरेड भीम आचार्यलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
    ९. बैठकले नेपालको जनसांस्कृतिक आन्दोलनका अथक योद्धा जेबी टुहुरेको निधनप्रति गहिरो शोक व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

    बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation