सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची खोलामा शनिबार रातिदेखि एक्कासि आएको बाढीले रातो पुलसहित १३ वटा घर बगाएको छ । चनौटेको रातो पुल र ग्यालथुममा रहेको झोलुङ्गेपुलसहित सात पक्की र ६ कच्ची घर बगाएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।
Advertisement
उनका अनुसार असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घरहरु गए रातिको बाढीले बगाएको हो। ती घरहरु खाली थिए । बाढीले मानवीय क्षेती भने गरेको छैन । नदी तटीय क्षेत्रका स्थानीयलाई शनिबार राति नै सुरक्षित स्थानमा जान सूचित गरिएको उहाँले बताउनुभयो ।
साथै बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । त्यस्तै यसअघि असार १ गते आएको बाढीले सडक बगाएका केही ठाउँमा नयाँ बाटो बनाइएको थियो । तर, बाढीले त्यो पनि बगाएको छ।