अनिल खत्री, गुल्मी । लोकप्रिय गायक बद्री पंगेनीको नयाँ लोक दोहोरी गीत ‘माया भन्न मिल्दैन होला’ सार्बजनिक भएको छ । तिजको माहोलमा बजारमा तीज गीतले तातिरहेका बेला गायक पंगेनीले पनि माया भन्न मिल्दैन होला’ गीत बजारमा आएको हो ।
पंगेनीले पछिल्लो समयमा बालकदेखि बृद्धसम्मको मन छुने खालको गीत बजारमा आएको हो । माया प्रेममा आधारित कथा बस्तुमा तयार पारिएको गीत एक नारायण भण्डारीको लय शब्द रहेको छ ।
गीतमा गायक बद्री पंगेनी र संगीता पराजुलीको आवाज रहेको छ । गीतमा पुरुष तर्फबाट माया भन्न नमिलेका कुरा र बहिनी भन्दा कमलो मन रुने हो की भन्ने डर कथा बस्तु गीतमा उल्लेख गरिएको छ ।
महिलाले पनि माया भन्न नमिले र दाजु भन्दा मन रुने पो हो की भन्ने कथा बस्तु गीतमा रहेको छ । माया प्रेमका रसिला कथाबस्तु गीतमा समाबेश भएकाले धेरै दर्शक श्रोताले मन पराउने गायक पंगेनीले बताए ।
लोकप्रिय मोडम अञ्जली अधिकारी सहितका कलाकारहरुको अभिनय रहेको गीत गायक पंगेनीले आफनै युट्युब च्यानलबाट सार्बजनिक गरेका हुन् ।
गीतको पुरा भिडियो ।