जनक पन्थ, गुल्मी । गुल्मीमा जीप दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । भने ७ जना घाइते भएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज ४५५९ नम्बरको जीप आज बिहान ११ बजे मुसिकोट नगरपालिका–४ दोभान देखि करिब ५ सय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार रहेको बताइएको छ । घाइतेलाइ जिल्ला अस्पताल तर्फ ल्याउँदै गरिएको बताइएको छ । रुखमा झाडिमा अड्किएको र ड्राइभर पनि घाइते भएको बताइएको छ । मृतकहरुको भने पुष्टि हुन बाँकी रहेको छ । थप जानकारि आउन बाँकी छ।
Advertisement