कपिलवस्तुमा ब्राउन सुगरसहित  ३ जना पक्राउ

कपिलवस्तु।कपिलवस्तुमा ब्राउनसुगरसहित एकै घरका ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं १ नयाँटोल बस्ने २७ वर्षिय राकेश गुप्ता, उनकी २४ वर्षिया श्रीमती प्रभावती गुप्ता र भाई २२ वर्षिय बैजु कुमार गुप्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

उनीहरु बुधबार साँझ कपिलवस्तु नगरपालिका वडा नं २ बर्दहवा स्थित सडकमा सवारी साधन तथा मानिसहरु चेकजाँच गर्ने क्रममा पक्राउ परेका हुन । तीन जना एउटै मोटरसाइकलमा दक्षिणबाट उत्तरतर्फ जाँदै थिए ।

सोही क्रममा शंका लागेपछि चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी सवार राकेशकी श्रीमती प्रभावती गुप्ताको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने १२४ क्याप्सुल प्रहरीले बरामद गरेको छ । पक्राउ परेका तीन जना माथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...