जनकराज भट्टराई, पाल्पा। पहिरोले पाल्पा–बुटवल सडकखण्डको पक्की सडक बगाएको छ । सिदार्थ राजमार्ग अन्तर्गत तानसेन नगरपालिका–८, गौडेपुलमा ५० मिटर सडक बगाएको हो ।
Advertisement
निरन्तरको वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको डुम्रे खोलामा बहाव बढेको र माथिबाट खसेको पहिरोले सडकलाई कटान गरेको छ ।
गत वर्ष खसेको पहिरोले एकतर्फी भएको सो क्षेत्रमा माथिबाट खसेको पहिरो सहितको ढुङगा माटोलाई सहि ब्यवस्थापन नगर्दा यो अवस्था आएको स्थानियको भनाई छ । अविरल वर्षाले मंगलबार दिउँसो देखि डुम्रे खोलामा पानिको बहाव बढ्दै गएकाले राजमार्ग नै बगाएको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिनुभयो ।
माथिबाट पहिरो खसि रहेकाले पहिरो पन्छाएर सडक खुलाउन समस्या भएको छ । गन्तब्यमा हिडेका अधिकांश सवारीसाधन र यात्रु बिच बाटोमै अलपत्र परेका छन ।