• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

वर्षाले कतै सडक अवरुद्ध, कतै गाउँ डुवानमा


  •   मङ्गलबार, असार ०१, २०७८ मा प्रकाशित
  • काठमाडौं । आइतबारदेखि परेको निरन्तर वर्षाले क्षेती गर्न सुरु गरेको छ। विभिन्न सडकमा पहिरो खसेको छ भने केही गाउँ डुवानमा परेको छ। साथै केही नदीमा पानीको वहावले खतराको तह पार गरेको छ।निरन्तर वर्षापछि जयपृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग अवरुद्ध भएका छन् । जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको हो। बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको छ ।राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु बिचबाटोमै रोकिएका छन् । बझाङबाट धनगढी, महेन्द्रनगर, काठमाडौँ, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने सवारी साधन र यात्रुहरु पहिरोका कारण रोकिएका हुन् ।

    Advertisement

    गए रातिदेखि अवरुद्ध रहेको उक्त राजमार्ग खुलाउने प्रयास भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

    यस्तै पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा पनि अवरुद्ध गरेको छ। राजमार्गको तिनाउ गाउँपालिका–५ कालीमाटी, रम्भा गाउँपालिका–३ पिपलडाँडाका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । राम्दी प्रहरी चौकीका हवल्दार दीपकराज गिरीका अनुसार राजमार्गको पिपलडाँडा र अगाहा खोलाको बीचमा पर्ने भीरबाट ढुंंगा र लेदोसहितको पहिरोले सडक अवरुद्ध भएको छ । अघिल्लो वर्षको वर्षायाममा खसेको पहिरोमा पुनस् ढुंगा सहितको पहिरो खसेको छ।त्यसैगरी मुस्ताङ जोड्ने एक मात्र बेनी–जोमसोम सडक खण्ड अबिरल वर्षाका कारणठाउँठाउँमा गएको पहिरोले अवरुद्ध भएको छ । बेनी–जोमसोम सडक खण्डको अन्नपूर्ण गाउँपालिका–३, रुप्से, अन्नपूर्ण गाउँपालिका–२, नैनीबगर र नागढुङ्गामा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार सडकभन्दा माथिबाट पहिरो आई सडक पुर्णरूपमा अवरूद्ध भएको र ढुङ्गा माटो खस्नेक्रम नरोकिएकोले तत्काल सडक खुलाउन समस्या देखिएको छ ।

    यसैबीच अबिरल बर्षाका कारण आएको बाढीले हिमाली जिल्ला मनाङको तालगाउँ डुबानमा परेको छ । नासों गाउँपालिका १ मा पर्ने तालगाउँ आइतबार, सोमबार र मंगलबार निरन्तर परेको पानीका कारण बाढी आएर डुबानमा परेको हो । मस्र्याङदी नदी नजिकका १० घर डुबानमा परिसकेको स्थानीय मिनराशी गुरुङले बताउनुभयो । उहाँका अनुसार ति घरको आधा जति भाग डुबाईसकेको छ । अन्य घरहरु पनि जोखिममा परेको छ । स्थानीय घर छाडेर बाहिर निस्किएका छन् ।

    करिव ६० घरधुरी रहेको ताल गाउँमा स्थानीय डुबानमा परिने डरले रातभर निदाउन पाएका छैनन् । उनीहरु सुरक्षित ठाउँको खोजीमा वस्तीको कुना क्षेत्र, पानी नभएको ठाउँमा बसेका छन् । सिरानतालको भिरतिर बसेका छन् । निरन्तर पानी परिरहँदा वस्ती जोखिममा पुगेको स्थानीयले बताएका छन् । मस्र्याङदी नदीमा पानीको बहाव बढ्दै जाँदा पानी थुनिएर वस्ती माथि डुबाउँदै आएको बताएका छन् ।

    वस्तीका अन्य घरपनि जोखिममा रहेकाले स्थानीयले उद्धारको माग गरेका छन् । स्थानीयले प्रहरी, प्रशासनलाई सम्पर्क हुन नसकेको बताएपनि मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने प्रहरी उक्त क्षेत्रमा खटिसकेको बताउनुभयो । तालमा रहेको प्रहरी चौकीका टोली र स्थानीय उक्त क्षेत्रको उद्धारमा लागेको बताउनुभयो ।

    यता निरन्तर वर्षाले नारायणी र गण्डकी नदीमा बाढीले खतराको तह पार गरेको छ । नारायणी र गण्डकी र अरुणखोलामा गरी ११ स्थानमा बाढीले खतराको तह पार गरेपछि बाढी पूर्वानुमान महाशाखाले एसएमएस मार्फत सतर्कता अपनाउन अनुरोध गरेको जनाएको छ ।

    नारायणी नदी अन्र्तगत कुमालगाउँ, पाल्पाको गैडाकोट, कास्कीको लुम्ले, चितवनको भरतपुर विमानस्थल क्षेत्र, चरछरे, कल्याणपुर, रामपुर र गण्डकीको म्याग्दीको घोरेपानी र पाल्पाको तानसेन क्षेत्रमा नदीमा बाढीले खतराको तह पार गरेको महाशाखाको तथ्याङक छ । यता नवलपरासीको अरुणखोलामा समेत खतराको तह पार गरेको छ, यहाँ सबै भन्दा धेरै २२६ मिलिमिटर पानी परेको छ ।

    त्यसै गरी पाल्पाको गैडाकोटमा २४ घण्टा यता १८८ मिलिमिटर पानी परेको छ । यता जल तथा मौसम विज्ञान विभागले भने ठूला नदिमा तीन दिन र साना नदिहरुमा एक दिनको बाढीको सूचना दिएर तत्काल क्षति हुनबाट जोगिन अनुरोध गर्ने गरेको सूचना अधिकारी विक्रम श्रेष्ठले बताउनुभयो ।

    मङ्गलबार, असार ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation