काठमाडौ । राष्ट्रिय युवासंघ नेपाल काठमाडौं जिल्ला कमिटीले बागमती प्रदेश सभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेस बागमती प्रदेशका सांसद नरुोत्तम बैद्यले दिएको अभिव्यक्तिलाई अपराधिक मानसिकताको उपज भएको बताएको छ । कमिटीका अध्यक्ष सन्तोष अर्यालले प्रेस बिज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न उक्साहट गर्ने अभिव्यक्ती दिएको प्रति ध्यानाकर्षण भएको बताएको हो ।
बिज्ञप्तीमा भनिएको छ, प्रधानमन्त्री ओलीलाई रोक्न कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्छ अन्यथा आफै तयार हुन्छु भन्ने बैद्यको अभिब्यक्ती अपराधिक मानसिकताको उपज हो । राष्ट्रिय युवा संघले देशको प्रधानमन्त्री जत्तिको मान्छेलाई माननीय सांसद जत्तिको मान्छेले आतंककारी शैलीमा हत्या जत्तिको जधन्य अपराध गर्छु भनी भन्नू आफैमा गलत कार्य भएकाले यस्तो भनाईले प्रधानमन्त्री केपी ओलीको सुरक्षामा उचित व्यवस्था गर्नुपर्ने माग समेत राखेको छ ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य समेत रहेका सन्तोष अर्यालले जारी गरेको उक्त बिज्ञप्तीमार्फत हत्या जस्तो जघन्य अपराध गर्ने पाशविक बर्बरतापूर्ण सोच भएका सांसद बैद्यको अभिब्यक्ती तत्काल संसदको श्रब्यदृश्य रेकर्डबाट हटाउन सभामुखलाई ध्यानाकर्षण गराएको छ । सांसद बैधको अभिव्यक्ति संसदीय मर्यादा विपरीत आएकोले खेद प्रकट गर्दै आफ्नो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको सुरक्षाका लागि लाखौँ युवा बलिदान दिन तयार रहेको अबगत पनि गराएको छ । साथै राष्ट्रिय युवा संघले त्यस्ता अपराधिक मानसिकता भएका सांसदलाई हदैसम्मको कारवाहीको जोडदार माग गरेको बताईएको छ । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् ।