मुगु । मुगु सदरमुकाम गमगढी बजारमा ४ दिन सम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्र अन्तर्गत गमगाड जलविद्युत आयोजनाको बालैमा रहेको ईन्टेक मर्मत गर्नको लागि पानि बन्द गरि मर्मत कार्य गर्नु परेको हुदा सदरमुकाम गमगढी लगायत नगरपालिकाका केही बस्तिहरुमा ४ दिन सम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
केन्द्रले आज एक सुचना जारी गर्दे विहिवार दिउसो १ बजे देखि जेष्ठ ३१ गते सम्म विद्युत सेवा अवरुद्ध हुने गमगाड वितरण केन्द्रका वितरण केन्द्र प्रमुख दिनेश पौड्यालले जानकारी दिए । उनका अनुसार गत वर्ष २०७६ सालको बाढिले विद्युत नहरमा क्षति पुर्याएको थियो त्यसको बाँकि काम रहेको थियो , उनले भने हामिहरुले पाईप जडा गरेर पनि विद्युत सेवा प्रवाह गरि रहेका थियौ अहिले पछिल्लो समयमा लोड बढि धानिरहेको र पानिको मात्रा कम भएको हुदा ४ दिन सम्म विद्युत सेवा अवरुद्ध गर्नु परेको उनको भनाई छ ।
विद्युत सेवा अवरुद्ध हुदा यहाका ग्राहक वर्गहरु मर्कामा पर्नृ जनाईएको छ । ग्राहकको समस्या लाई मध्येनजर गरेर पनि विद्युत लाईन कटाई पुुन मर्मत गरि बलियो रुमा निर्माण गर्ने बताए ।