बर्दघाटमा बस दुर्घटना, ४ जनाको मृत्यु

जीवन न्यौपाने, नवलपरासी ।।पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने नवलपरासी जिल्लाको बर्दघाट दाउन्ने सडकखण्डको सिस्नेखोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको छ ।
काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस सडक किनारबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा अहिलेसम्म ४ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउने मध्ये रुकुम पश्चिम त्रिवेणि गाउँपालिका ६ कि २७ वर्षीय कल्पना पुन, रुकुम पूर्व सिस्ने गाउँपालिका ४ का ३६ वर्षीय धनराज घर्ति, रुकुम पश्चिम मुसिकोट नगरपालिका १ का २१ वर्षीय गोपाल वलि रहेका छन् भने बाकी १ जनाको अझै सनाखत
हुन नसकेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजू लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बसमा चालकसहित ५८ जना यात्रु सवार रहेको र ति मध्ये ४९ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइतेहरुमध्ये ८ जनाको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज र अन्य सामान्य घाइतेहरूको बर्दघाट स्थित चिसापानी अस्पताल र सञ्जीवनि मेडिकलमा उपचार भैरहेको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...