एमाले विवाद समाधानका लागि  कार्यदल गठन

काठमाडौं । पार्टीमा रहेको विवाद समाधानका लागि नेकपा एमालेले १० सदस्यीय कार्यदल गठन गरेको छ ।कार्यदलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको र नेता माधव कुमार नेपाल पक्षका तर्फबाट ५/५ सदस्य रहेका छन् । ओली पक्षबाट कार्यदलमा सुवास नेम्वाङको नेतृत्वमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् ।

त्यसैगरी, नेपाल पक्षबाट उपमहासचिव भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकणर् विष्ट र रघुजी पन्त रहेका छन् ।आइतबार सिहंदरबारमा ओली र नेपालबीच भएको भेटवार्ताबाट सो कार्यदल गठन गरेको हो ।कार्यदललाई तीन दिनमा काम सम्पन्न गर्न निर्देशन दिइएको छ।

Sharing Now!

You might also like

Comments are closed.